Photo of Milford Sound in New Zealand

माघ २३ – जापानी राजकुमारीको विवाह सरेको छ ।

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह पूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई वर्षपछि गर्ने गरी सारिएको स्थानीय सञ्चारमाध्यमले मंगलबार जनाएका छन् ।

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो ।

‘हामी दुवै जनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्ने गरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ’, राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ ।

जापानकी राजकुमारी माकोले एक आम जापानी नागरिकसँग विवाह गर्न लाग्नुभएको छ । त्यति मात्रै होइन, उहाँले विवाहका लागि शाही खानदान नै त्यागेर विवाह गर्न लाग्नुभएको हो ।

जापानका सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले विवाहको घोषणा गर्नुभएको थियो । यो घोषणासँगै विवाहको लामो प्रक्रिया पनि सुरु भएको थियो । यसैका साथ उहाँको शाही दर्जा पनि सकिनेछ ।

जापानको एक विवादित कानुनका अनुसार राजपरिवारको महिला सदस्यले आम नागरिकसँग विवाह गरेमा आफ्नो शाही दर्जा गुमाउनु पर्नेछ । तर कोही पुरुष सदस्यले त्यसो गरेमा पनि उसको शाही दर्जा भने कायमै हुनेछ ।

राजकुमारी माकोका २५ वर्षका प्रेमी कोमूरो एउटा पुरानो कानूनी फर्ममा काम गर्नुहुन्छ । एउटै विश्वविद्यालयमा अध्ययनको समयमा उहाँहरुको भेट भएको थियो । २५ वर्षकी राजकुमारी माको राजकुमार फूमीहीतोकी सबै भन्दा ठूली छोरी हुनुहुन्छ । उहाँ विद्यावारिधी गर्दै हुनुहुन्छ ।

राजकुमारी जुलाईमा नै आफ्नो विवाहको घोषणा गर्ने तयारीमा हुनुहुन्थ्यो तर जापानको पश्चिमी क्षेत्रमा ठूलो वर्षाले ल्याएको विपदले गर्दा पछि सरेको थियो ।

The post प्रेमीका लागि राजदरबार छाड्ने तयारीमा रहेकी जापानी राजकुमारीको विवाह सर्‍यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EmmQ0R
via IFTTT

0 comments:

Post a Comment

add

 
Top