Photo of Milford Sound in New Zealand

म २२ वर्षीया युवती हुँ । मेरो पहिलो यौनसम्पर्क १७ वर्ष हुँदा भएको थियो । त्यति बेला मलाई केही समस्या भएजस्तो महसुस भएन तर अहिले २–३ वर्ष भयो मेरो गुप्तांग अलि बढी गन्हाउँछ अनि चिलाउँछ पनि । कहिलेकाहीँ पिसाब गरेपछि गुप्तांग पोल्छ । यो के भएको हो ?

योनिको गन्ध

प्रत्येक व्यक्तिको आ–आफ्नै किसिमको स्वाभाविक गन्ध हुन्छ । विशेष गरेर किशोरावस्थामा पुगेपछि हाम्रो छालामा भएका पसिना ग्रन्थिहरूको श्राव तथा त्यसमा जीवाणुका क्रियाकलापका कारणले यस्तो गन्ध उत्पन्न हुन्छ । विशेष गरेर किशोरावस्थामा apocrine तथा sebaceous glands सक्रिय हुन्छन् भने apocrine ग्रन्थि हाम्रो काखीमा तथा यौनाङ्ग क्षेत्रमा पाइन्छ र यी नै हाम्रो शरीरको गन्धका लागि प्रमुख रूपमा जिम्मेवार हुन्छन् । त्यसबाहेक हाम्रो खाना, स्वास्थ स्थिति, हामीले सेवन गरेका केही औषधिले पनि हाम्रो शरीरको गन्धमा प्रभाव पार्छन् । तपाईंले याद गर्नुभएकै होला, पुरुष र महिलाको शरीरको गन्धमा पनि भिन्नता हुन्छ ।

योनिको गन्धको सम्बन्धमा कतिपय महिलालाई तपाईंलाई जस्तै चासो हुन्छ र विशेष गरेर अन्तरङ्ग सम्बन्ध राख्नुपर्ने स्थितिमा यसको चिन्ता अधिक हुन्छ । तपाईंलाई छापा तथा टेलिभिजनमा गरिएका प्रचारले तपाईंको यौनाङ्ग क्षेत्रबाट पनि फूलको जस्तो सुगन्ध आउनुपर्छ जस्तो लाग्न सक्छ तर वास्तविकता त्यो होइन । स्वस्थ योनिको आफ्नै किसिमको विशेष गन्ध हुन्छ । महिलामा भने महिनाबारीको चक्र अनुरूप यसको गन्धमा समेत केही परिवर्तन आउँछ । यस्तो गन्ध व्यक्तिअनुसार फरक–फरक हुन्छ । कतिपय महिलामा यो गन्ध कडा किसिमको हुन्छ भने कतिपयमा हल्का किसिमको । यौनसम्पर्क तथा वीर्य स्लखनपछि पनि योनिको गन्धमा फरकपन देखा पर्छ ।

योनिको असामान्य गन्धको कुरा

योनिको असामान्य गन्धप्रति विशेष चासो र चिन्ता हुनु जायज पनि छ किनभने यसले कुनै विकार वा रोगलाई संकेत गरिरहेको हुनसक्छ । अब के–कस्तो अवस्थामा योनि असामान्य रूपमा गन्हाउँछ भन्ने चर्चा गरौं । तपार्इंले योनि गन्हाउनेदेखि बाहेक चिलाउने वा पोल्ने कुरा पनि उल्लेख गर्नु भएकाले त्यसले योनिको संक्रमणलाई संकेत गरिरहेको छ ।

योनिको संक्रमणमध्ये एउटा प्रमुख संक्रमण bacterial vaginosis हो । योनिमा सामान्य रूपमा हुने जीवाणुको मात्रा असन्तुलित हुँदा यस्तो हुन्छ । सेतो वा मैलो किसिमको र अधिक मात्रामा योनि श्राव हुने, योनिको वरिपरि चिलाउनेदेखि बाहेक योनिबाट आउने गन्ध माछाको जस्तो हुन्छ । तपाईंले आफ्नो योनिश्रावको गन्ध कस्तो प्रकारको छ, लेख्नुभएको छैन । अर्को धेरैजसो हुने योनिको संक्रमण हो । योनि र योनि वरिपरि चिलाउने, पिसाब पोल्नेबाहेक पनिर जस्तो सेतो बाक्लो योनिश्राव भए पनि यसको गन्ध भने खराब हुँदैन । यस्तो संक्रमण यौनसम्पर्क नराखेको स्थितिमा समेत हुनसक्छ ।

तपाईंले १७ वर्षको उमेरमा यौनसम्पर्क भएको कुरा गर्नुभएको छ । त्यसैले तपाईंलाई यौन रोग लागेको सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यसबाहेक त्यतिबेला एकपटक मात्र यौनसम्पर्क भएको हो वा त्यसपछि पनि निरन्तर यौनसम्पर्क हुँदै आएको छ, स्पष्ट भएको भए जवाफ दिन सजिलो हुने थियो ।

समाधान के होला ?

योनिका केही संक्रमण गम्भीर प्रकृतिका हुनसक्ने भएकाले के कारणले यस्तो भएको हो पत्तालगाई उपचार गराउनुपर्छ । यसका लागि तपाईंले चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । अर्को महत्वपूर्ण पक्ष योनिको संक्रमण हुन नदिनु हो । योनिको संक्रमणबाट जोगिने वा भनौं कम गर्ने केही उपाय :

योनि तथा यौनाङ्ग क्षेत्रलाई सफा राख्ने । हल्का किसिमको साबुन–पानीले योनिको बाहिरी भाग प्रत्येक दिन धुने । दिसा–पिसाबपछि टिसु पेपरले पुछ्नहुन्छ भने अगाडि (योनि) तिरबाट पछाडि (मलद्वार) तिर लगेर पुछ्ने । पछिल्तिरबाट अघिल्तिर ल्याएर पुछ्दा मलद्वारमा भएका जीवाणु योनिमा सर्न सक्छन् ।

भित्री पहिरन (अन्डरवेयर) धेरै कसिलो तथा नाइलन, पोलिस्टर वा रेयोनले बनेको हुनु हुँदैन । बरु सुतीले बनेको मात्र प्रयोग गर्ने । यौनाङ्ग क्षेत्रलाई ओभानो राख्नुपर्छ । धेरै गर्मी वा धेरै ओसिलो भए जीवाणुको संक्रमण हुने सम्भावना हुन्छ ।

सफा गर्न भनेर धेरैले योनिमा डुस दिन्छन् । स्वस्थ योनिले आफूलाई सफा गर्ने आफ्नै प्राकृतिक विधि हुन्छ । डुस दिने, कडा किसिमको साबुन वा डिओडेरान्टको प्रयोगले योनिको प्राकृतिक अवस्थामा असन्तुलन ल्याउँछ र संक्रमणलाई बढावा मिल्छ ।

भित्री पहिरन (अन्डरवेयर) दिनहुँ फेर्नुपर्छ ।

पर्याप्त मात्रामा पानी पिउनुपर्छ जसले गर्द पिसाब सफा होस् ।

अत्यधिक सुगन्धित साबुन, टेम्पोन, प्याड, स्प्रे वा बबल वाथ जस्ता कुरा प्रयोग नगर्दा संक्रमणको सम्भावना कम हुन्छ । यौनसम्पर्कका कारणले नै योनि तथा प्रजनन अङ्गमा संक्रमण हुन सक्ने भएकाले यसलाई कन्डमको प्रयोगबाट सुरक्षित बनाउनुपर्छ । यदि यौनसम्पर्क राख्नबाट परहेज गर्न सकिँदैन भने यौनरोग लागे–नलागेको निदान गरेर यौन साथीसहित आफ्नो पनि पूर्ण उपचार गर्नुपर्छ । साभार श्राेतः कान्तिपुर साप्ताहिकबाट

The post २–३ वर्ष भयो मेरो गुप्तांग अलि बढी गन्हाउँछ के भएकाे हाेला ? ( यौन जिज्ञासा र समाधान ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EDUwHM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top