Photo of Milford Sound in New Zealand

ललितपुर — फुलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका विद्यार्थी जोन तामाङको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकहरूले जनाएका छन् ।
ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत तामाङका बारे चिकित्सक डा.ओम अधिकारीले ‘स्थिति सुधारोन्मुख’भएको जानकारी दिए । ‘तर, अहिले नै सम्पूर्ण खतराबाट मुक्त भन्न सकिँदैन,’ उनले भने, ‘चिकित्सकको सिंगो समूहसहित उपचार भइरहेको छ ।’ जोनको दुबै खुट्टा हिउँले खाएकाले प्लास्टर गरिएको छ । अस्पतालका अनुसार उनलाई झोल पदार्थ मात्रै खुवाइएको छ ।
जोनका अभिभावकले विद्यालयका प्रिन्सिपलले घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन् । जोनकी आमा रिमाले प्रिन्सिपलको लापरबाहीका कारणले छोरा हराएको बताइन् । ‘११ जना विद्यार्थीलाई एकजना शिक्षकले सम्हाल्न सक्छ/सक्दैन, शिक्षक आफैंले सोच्नुपर्ने हो,’ उनले भनिन्, ‘त्यसमाथि उनीहरू पहिलोपटक हिउँ हेर्न गएका थिए ।’

उनले आफ्नो छोराले जस्तो दु:ख अरुले पाउन नदिन सतर्क हुनेपर्ने बताइन् । ‘छोरालाई पुनर्जीवन दिनमा रेस्क्यु टोली, प्रहरी, आर्मी, सशस्त्र, गोदावरी र थसिखेलका स्थानीयवासीको सहयोग छ,’ उनले भनिन् । घटनालाई लिएर अजय शिक्षा सदनका प्रिन्सिपल दुर्गाबहादुर ओलीले जोनका अभिभावकसँग माफी मागेका छन् । ‘बाबुको स्वास्थ्य राम्रो होस्,’उनले कामना गरे,‘यो घटनाबाट ठूलो शिक्षा प्राप्त भएको छ ।’

रेस्क्यु थ्री साउथ एसियाका क्षेत्रीय निर्देशक चन्द्र आले र माउन्टेन्ट गाइड रामकाजी तिवारीको टोलीले पछिल्ला दुई दिन लगातार खोजेका थिए । बुधबार साँझमा अर्धचेत अवस्थामा जोन भेटिएका थिए । तिवारीका अनुसार डोरीको सहारामा जुनसुकै भीरमा पनि जान सक्ने अन्य चारजना माउन्टेन्ट गाइड पनि जोन खोज्न फुल्चोकी पुगेका थिए । ‘सुरुमा फुल्चोकीको चुचुरोमा रहेका आर्मीहरूलाई भेटे । आर्मीहरूले १२ वर्षे माओवादी द्वन्द्वकालमा राखिएका बम बारुदहरू जंगलभित्र छरपस्ट अवस्थामा रहेको सूचना दिए,’ उनले सुनाए, ‘चुचुरोबाट एक किमि जति फेदतर्फ झरेपछि सानो पोखरीमा आइपुगिन्छ । त्यही पोखरीबाट दुई वटा गुप्र भएर जंगलभित्र पसे ।’

उनका अनुसार पहिलो दिनको खोजबीनमा हैरान भएर गोदावरीमै खोजकर्ताहरू बास बसेका थिए । ‘दोस्रो दिन भने डेन्जर-जोन लेखिएको स्थान वरिपरिबाट पूर्वतिर लागे । काडेझार खुकुरीले फाँडै अगाडि बढे,’ उनले सुनाए, ‘एक किमिपूर्व । त्यहाँबाट उत्तर । फेरि पूर्व हुँदै अगाडि बढे । वाकीटाकी सेट, मोबाइल सबै सम्पर्कबिहीन थियो ।’उनका अनुसार जोनलाई खोज्न जति गाह्रो भएको थियो, त्योभन्दा बढी बोकेर माथि ल्याउन गाह्रो परेको थियो । रात छिप्पिसकेको थियो । ‘काडेझारी फाडै पालैपालो बोकेर ल्यायौं,’ उनले भने ।

निजी विद्यालयको संगठन प्याब्सनका ललितपुर अध्यक्ष शिव कार्कीले रेस्क्यु गर्ने १९ जनाको टोलीलाई ५० हजार नगद पुरस्कारसहित सम्मान गर्ने बताए । ‘अबदेखि विद्यालयले विद्यार्थीलाई कतै घुमाउन लैजानुपरेमा अभिभावकसँगै प्याब्सनलाई पनि अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्नेछु,’ उनले भने, ‘विद्यार्थीहरूलाई घुमाउन लैजाने स्थानको स्थिति, रोड म्यापको अध्ययन अनिवार्य गर्न लगाउँछु ।’ उनले पूर्व तयारीबिना भ्रमण गर्न निषेध’गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले ‘जोनको उपचारमा कुनै कमी नगर्न र सक्दो हेरचाह गर्न’अस्पतालका डाक्टरलाई अनुरोध गरेको बताए ।

ग्वार्कोस्थित बी एन्ड बी अस्पतालको आईसीयुमा उपचारत जोन तामाङ । कान्तिपुर बाट

The post फूलचोकीको घनाजंगलमा भेटिएका जोनको उपचार आईसीयूमा, स्थिति यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rWKKex
via IFTTT

0 comments:

Post a Comment

add

 
Top