काठमाडौं – चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब दर्शकले हेर्न नपाउने भएका छन् । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हँुदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ ।
‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । घिमिरेले श्रृखला सम्बन्धी एक लामो स्टाटस पोष्ट गर्दै दर्शकले अब ‘भद्रगोल’ हेर्न नपाउने जनाएका हुन् ।
आजसम्म ‘भद्रगोल’लाई साथ दिने मिडिया हब, दर्शक प्रति आभार व्यक्त गर्दै घिमिरेले आर्थिक समस्याका कारण श्रृंखला बन्द गर्नु परेको उल्लेख समेत गरेका छन् ।
कार्यक्रमको सम्झौता अनुसार कहिले पनि रकम भुक्तानी भएन । केही कथित ब्यक्तिहरुको मनोमानीले गर्दा कार्यक्रम उत्पादनमा निकै समस्या परेको घिमिरेले बताए । ‘मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दा माथी देखिए ,’ घिमिरेले अगाडि लेखेका छन् ‘केही ब्यक्तिको स्वार्थले कार्यक्रम मनोमानी ढंगले बिगारेर प्रशारण गराइयो ।’
मिडिया हबको ब्यापारलाई उच्च मुल्यांकन गरि दर्शकले चाहेअनुसारको श्रृंखला निर्देशक गरेको समेत उनले दाबी गरेका छन् ।
छोटो समयमै दर्शकको मन जितेर चर्चित बनेको ‘भद्रगोल’ केहि अघि पनि आर्थिक तथा आन्तरिक विवादका कारण बन्द भएको थियो । ‘भद्रगोल‘ करिब ३ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । श्रृखलामा घिमिरेको अलवा कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ लगायतको अभिनय रहँदै आएको थियो ।
The post यसकारण अब दर्शकले ‘भद्रगोल’ हेर्न नपाउने appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2s47MQJ
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.