Photo of Milford Sound in New Zealand

काठमाडौं – सपनामा पनि पक्की घरमा बस्ने नसोचेका रौतहट, सन्तपुरको दलित बस्तीका बासिन्दाले २१ माघदेखि वास्तवमै सुविधासम्पन्न घरमा बस्न पाउने निश्चित भएको छ ।

सधैँ ज्यालादारी र परिश्रमबाट बिहान–बेलुकाको छाक टार्ने दलित बस्तीका बासिन्दालाई सुविधासम्पन्न घर बनाइदिएका हुन्, हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले । धुर्मुस सुन्तलीले उनीहरूको सपना विपनामा परिणत पारेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका– ८ को सन्तपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनको चौथो परियोजनाअन्तर्गत ४७ घर बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ४ गतेबाट सुरु भएको सो परियोजना माघको २१ गते हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्रताका साथ काम भएको हो

पक्की घरमा बसिन्छ भनेर कल्पनासमेत नगरेका सो बस्तीका बासिन्दा बस्ती निर्माणसँगै निकै उत्साहित भएका छन् । नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिएका छन् । उनले बस्ती निर्माणमा आफूहरूले स्थानीय स्तरबाट सहयोग नपाएका कारण समस्या परेको बताए । बर्दिवासको तुलनामा रौतहटबाट आर्थिक सहयोग नपाएको उनको गुनासो छ ।

The post धुर्मुस सुन्तलीले दलितका सपना विपना बनाए, हेर्नुस तस्विरहरु appeared first on Taja nepali news.

http://ift.tt/2DZnpyh

from SHYANE http://ift.tt/2FG7ukQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top