Photo of Milford Sound in New Zealand

काठमाडौँ।बलिउडमा हालसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म बाहुबलीमा बाहुबलीको भूमिका निर्वाह गर्ने प्रभास र देवसेनाकी भूमिका निर्वाह गर्ने अनुष्का शेट्टीबीच रोमान्स चलेको खबरले बलिउड तातेको छ। फिल्मको थप व्यापारलाई ध्यानमा राखेर चलाइएको हल्ला हो या सत्य, यी दुईबीच बिहेसम्म हुने चर्चा बलिउडमा चलेको छ।

अनुष्काले भने यो समाचारको खण्डन गरेकी छिन्। ‘थाहा छैन कसरी यस्तो अफवाह फैलिरहेको छ’ –अनुष्काले भनेकी छिन्। तर दुईबीचको भेटघाट र निकटतालाई हेर्दा अनुष्काको यो खण्डनलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको समाचारमा उल्लेख छ। भनिन्छ कि अनुष्का बाहुबली २ को सुटिङ शुरू हुनुअगाडि नै प्रभासका साथ बिहे गर्ने तयारीमा थिइन्।

तर प्रभासले नै बिहेको योजनालाई पछाडि सारिदिएका थिए। किनभने उनी पूरै ध्यान बाहुबली २ लाई दिन चाहन्थे। तेज गतिमा लोकप्रियता हासिल गरिरहेका प्रभास लजालु स्वभावका छन्। उनलाई विवाहका लागि ६ हजारभन्दा बढी अफर आएको बताइन्छ। उनले ती सबै प्रस्ताव अनुष्काका लागि लत्याएको पनि समाचारमा चर्चा गरिएको छ।

प्रभास र अनुष्काको जोडी तेलुगु फिल्म उद्योगमा अत्यन्तै सफल र लोकप्रिय मानिन्छ। उनीहरुले बाहुबलीमा काम गर्नुअघि नै बिल्ला र मिर्चीजस्ता सुपरहिट फिल्म दिएका छन्। बाहुबलीमा पनि यो जोडीलाई रुचाइएको छ। नेपाल समाचारपत्रबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qlQUQa
via IFTTT

0 comments:

Post a Comment

add

 
Top