Photo of Milford Sound in New Zealand

मोरङ । नेकपा एमाले मोरङले उर्लाबारी नगरपालिकाको उप–मेयरको राष्ट्रपति बिद्यादेबी भण्डारीकी देवरानीलाई उठाउने निर्णय गरेको छ । राष्ट्रपति बिद्यादेबीकी देवरानी लक्ष्मी भण्डारी स्थानीय तहको दोस्रो चरणको चुनावमा उठ्ने भएकी हुन् । भण्डारी नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन्

।एमालेले मोरङका १७ स्थानीय तहमध्ये ८ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेले रंगेली नगरपालिकाको मेयरमा सन्तोष साह र उपमेयरमा उषा ठाकुर, केरावारीको प्रमुखमा नवीन थापामगर र उपप्रमुख शान्ती लिम्बू, सुनवषर्ी नगरपालिकाको मेयरमा हसन इमाम बक्स एवम् उपमेयरमा मीरादेवी दास, कानेपोखरी गाउँपालिकाको प्रमुखमा तारावहादुर काफ्ले र उपप्रमुखमा राजकुमारी ईङ्नाम, धनपालथान गाउँपालिकाको प्रमुखमा मुसहरु मन्डल र उपप्रमुखमा उपासी राजबंशी, ग्रामथान गाउँपालिकाको प्रमुखमा शिवनारायण माझी र उप्रमुखमा गुणावती धामी, कटहरी गाउँपालिकाको प्रमुखमा मुक्ती राजवंशी र उप्रमुखमा सुनिता सरदारलाई उम्मेदवार वनाउने निर्णय एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले जानकारी दिए । ।

मोरङमा एक महानगरपालिका, ८ नगरपालिका एवम् ८ गाउँपालिका सहित १७ स्थानीय तह छ ।

Karnalikhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rFr8dp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top