Photo of Milford Sound in New Zealand

भरतपुर । रोकिएको मतगणना सुरू भएपछि भरतपुरले फेरी ध्यान तानेको छ। शनिबार बिहानको सर्वदलीय बैठकमा सहमति भएसँगै सुरू भएको गणनाको नतिजा आउने क्रममा छ।

शुक्रबारसम्ममा ९ वटा वडाको गणना सकिएको थियो। शुक्रबार बेलुका विवाद भएपछि वडा नम्बर १० को गणना रोकियो, जुन शनिबारबाट सुरू भयो।

वडा नम्बर १० मा ५४०४ मत खसेको छ। त्यसमध्ये ६०० गणना सकिएर पहिलो गणना नतिजा सार्वजनिक गरिएको हो। त्यसमा माअोवादीकी मेयर उम्मेद्वार रेणु दाहालको मत बढी देखियो।

६०० मत गन्नका लागि झण्डै ३ घण्टा लागेको छ। वडा नम्बर १० एमालेको प्रभाव क्षेत्र मानिन्छ। तर गनिएको सुरूवाती ६०० मतमा माअोवादीको बढि मत देखिएपछि एमाले तप्कालाई झस्काएको छ।

१० वडाको ६०० मत गन्दा रेणुले २४४ मत पाउँदा एमालेका उम्मेद्वार देवी ज्ञवालीले १९२ मत पाए। वडा नम्बर १० को ६०० मत गणना हुँदा केही मत अन्य उम्मेद्वारले काटेपनि टक्करमा रहेका यी दुई उम्मेद्वारले ४३६ मत आपसमा बाँडेका हुन्।

पछिल्लो परिणाम अनुसार देवी ज्ञवाली रेणु दाहालभन्दा २९४ मतले अगाडि छन्।

ज्ञवालीको १५३४७ मत छ भने दाहालको १५०५३ मत छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rCvcI2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top