Photo of Milford Sound in New Zealand

एजेन्सी

जेठ ६ – मेक्सीकोमा बस्ने एक महिलाको फुलेको पेट देख्दा हरेकलाई यस्तो लाग्थ्यो कि उनको गर्भमा १० जना बच्चा हुर्किरहेका छन् । तर वास्तवमा उनको पेटमा ३१ किलोको ट्युमर बढिरहेको थियो । यो ट्युमर यति ठूलो भएको थियो जसका कारण महिला हिँडडुलसमेत गर्न नसक्ने भएकी थिइन् ।

डाक्टरले महिलाको नाम सार्वजनिक गरेको छैन । तर फोटोमार्फत उनीहरुले उनको स्थिती सार्वजनिक भने गरे । उक्त ट्युमर निकै ठूलो भएको थियो र महिलाको फोक्सोसहित अन्य अंगलाई पनि क्षती पुर्याउन थालेको थियो ।

डा. एरिकका अनुसार आफ्नो करियरमा उनले योभन्दा ठूलो ट्युमर कहिले पनि देखेका थिएनन् । ट्युमरलाई नफुटाइ महिलाको पेटबाट सिधा निकालिएको थियो ।

हिँडडुल गर्न सकिरहेकी थिइनन् महिलाः

रोगको पत्ता लाग्नुभन्दा पहिले महिलाले आफ्नो तौल अचानक बढिरहेको महसुस गरिन् । उनले डाइटिङ गर्न सुरु गरिन् । तर महिलाको पेट लगातार बढिरहेको थियो ।

जब उपचारका लागि डाक्टरकोमा पुगिन् उनको पेटमा ट्युमर भएको थाहा भयो जुन लगातार बढिरहेको डाक्टरहरुले पत्ता लगाए ।

उक्त ट्युमर ११ महिनापछि यति ठूलो भयो कि यदि त्यसलाई ननिकालेको भए महिलाको ज्यान पनि जानसक्ने डाक्टरले बताएका छन् ।

शल्यक्रियाको ७ महिनापछि अब वास्तविक जीवन बाँचिरहेकी छिन् महिलाः

शल्यक्रिया गरेको सात महिला पछि अब महिला लठ्ठीको सहारा बिना नै हिँड्डुल गर्न सक्ने भएकी छिन् । उनको घाउ निको भइसकेको छ र उनको स्थिती अहिले निकै राम्रो भइरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rC4Q9G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top