Photo of Milford Sound in New Zealand

पछिल्लो समय मिडियामा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको सम्बन्धबारे बिभिन्न खालका टिकाटिप्पणीहरु आईरहेको छ । उनीहरुको लभ अफेयरको बिषयमा पनि चर्चा भईरहेको बेला अचनाक उनीहरुको सम्बन्धमा तिक्कता आएको हो । तर यो तिक्कता उनीहरुको बास्तबिक जीवनमा नभई गायक हेमन्त शर्माको गीतको भिडियोमा आएको हो ।

गायक हेमन्त शर्माले आफ्नो नयाँ गीत ‘हारेँ आज….’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘मणी’ एल्बममा समाहित उक्त गीत मणिराज बस्नेतको रचना हो । बि.बि. अनुरागीको संगीत रहेको गीतको भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

सुरज सिंह ठकुरीको निर्देशनमा बनेको म्युजिक भिडियो लाई धेरैले राम्रो र मन परेको देख्न सकिन्छ । युट्युबको कमेन्टबक्समा पनि सबैजसोको राम्रो प्रतिक्रियाले गायक हेमन्त शर्मा उत्साहित भएको देख्न सकिन्छ । हेरौँ उक्त म्युजिक भिडियोः

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBZ3RH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top