काठमाडौं : काठमाडौंको मेयरमा एमालेको अग्रता कायमै छ। पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस मेयर उम्मेदवार राजुराज जोशी भन्दा तीन हजार आठ सय ९१मतले अगाडि हुनुहुन्छ।
एमालेका मेयर उम्मेदवार शाक्यले ११ हजार पाँच सय ५९ मत ल्याउनु भएको छ भने कांग्रेसका मेयर उम्मेदवार जोशीले ७ हजार ६ सय ६८ मत ल्याउनु भएको छ।
साझा पार्टीकी मेयर उम्मेदवार रञ्जु दर्शनाले चार हजार पाँच सय ३२ मत ल्याउनु भएको छ भने साझा पार्टीका किशोर थापाले तीन हजार पाँच सय ४६ मत ल्याउनु भएको छ।
सत्तारुढ माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १३ सय १० मत ल्याउनु भएको छ भने नयाँ शक्ति र फोरम गठबन्धनका मेयर उम्मेदवार पवित्र बज्राचार्यले १९ मत मात्र ल्याएका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले १० हजार दुई सय ४६ मत ल्याउनु भएको छ भने एमाले गठबन्धनका राप्रपाका नेता राजाराम श्रेष्ठले ६ हजार दुई सय ४६ मत ल्याउनु भएको छ।
साझा पार्टीकी उपमेयर उम्मेदवार निरुपमा यादवले दुई हजार एक सय ९५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रका सुशीला पौडेलले १७ सय ३० मत ल्याउनु भएको छ।
वडा नम्बर १, २ र २७ मा एमालेले वडाध्यक्षमा विजयी हासिल गरेको छ। अहिले १३ स्थानमा मतगणना जारी छ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rz21W2
via IFTTT
0 comments:
Post a Comment