Photo of Milford Sound in New Zealand

काठमाडौं,जेठ १३ – प्रथम राष्ट्रपति डा.रामवरण यादवकी छोरी अनिता यादवले जनकपुर उपमहानगरपालिका प्रमुखमा उम्मेदवारी दिने चाहना राखेकी छन्। शुक्रबार राति फेसबुक मार्फत अनिताले आफ्नो जन्मस्थल धनुषा जिल्लाको जनकपुर उपमहानगरपालीकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले आफूलाई पूर्व राष्ट्रपतिको छोरीको रुपमा मात्र नहेर्न आग्रह गर्दै उनले आफ्नो क्षमतालाई पनि मुल्याङ्कन गर्न आग्रह गरिन्।

‘मलाई पूर्व राष्ट्रपति पुत्रीको नजरले मात्रै हैन मेरो व्यक्तिगत योग्यता क्षमता, समाजप्रति मैले निर्वाह गरेको भूमिकालाई पनि हेर्ने बानी बसालौुं उनले भनेकी छन्। चुनावमा नेताका छोराछोरी र ज्वाईले टिकट पाउने प्रचलनको अन्त्य हुनुपर्ने भन्दै पूर्व राष्ट्रपति पुत्री यादवले जो योग्य छ उसले मात्र चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने बताइन्।

यादवले फेसबुकमा लखेकी छन्।

मेरो चुनाब लड्ड्ने इच्छा भन्दा पनी मेरो शुभचिन्तकको पोस्ट शेयेर गरेको मात्र हो ।

यसको अर्थ यो पनी होइन की धनुषा जिल्लाको जनकपुर उपमहानगरपालीकाको मेयरको लागी म योग्य छैन । म संग योग्यता, अनुभव , कौशल सबै छ । मेरो मेएरमा उठ्ने चाहना भन्दा पनी यो समाज लाई कसको जरुरत छ त्यो बुझ्न पर्छ ।चुनाब मा करोडौं रुपैंया को चल खेल हुने मेरो देशमा मसंग चुनाबमा खर्च गर्न त हजार मात्र छ । कसैलाई खुसी बनाएर टिकट लिएर वा पैसाको भरमा चुनाब लड्ड्ने मेरो चाहना पनि छैन ।

जनकपुरवासि योग्य र आत्मिय छोरीको लागी तयार छैनन होला । कतै सीताको पबित्रको भूमिमा रावण ले त राज गर्ने होइन?

मलाई पुर्व रास्ट्रपति पुत्रीको नजर ले मात्रै हैन मेरो व्यक्तिगत योग्यता क्षेमता,समाजप्रती मैले निर्बाह गरेको भुमिका लाई पनि हेर्ने बानी बसालौं । चुनाबमा टिकट नेताकै छोरा छोरीले, जुवाईले नै पाउनु पर्छ भन्ने छैन। सर्बसाधारनका छोराछोरी भने साउदी र कतार धाएरै बस्ने , देश मा नेताका छोरा छोरीले, जुवाईले मात्र अवसर पाउने परम्परा अन्न्त हुनु पर्छ । जो योग्य छ त्येसले टिकट पाउनुपर्छ ।म कसैको पावर लगाएर लण्डन अध्ययन गर्न गएको होइन र अरु जस्तो दूतावासको कृपाले अध्ययन गर्न गएको पनि होइन । मैले पनि देखेको छु नेपालका ठूलाबढाका छोराछोरी ले कस्तो तरीकाले विदेशमा आफ्नो जीवन बिताउछन् । म संग न त कार नै थियो न त राम्रो बस्ने अपार्टमेन्ट नै । मैले सदा परिवारबाट असल शिक्षा र संस्कार पाएँ ।

साधारण जीवनशैलीमा म खुशी थिए, छू र सदैब रहने छु । राजनीतिमा पुराना सोच नहटेसम्म केही हुने वाला छैन । यो देश सतीले होइन प्रगतीले सरापेको हो । सबैलाई आफ्नो डम्फु बजाउदैमा फुर्सद छैन । बैमानीहरुको समाजमा वफादारी र इमान्दारी को मूल्य कहाँ हुन्छ र ? खुट्टा तान्ने हरुको भिडमा न्याय र समाजको सम्म्नुत्ति का लागि अन्याय कहिले पनी सहदिन, स्वाभिमान कहिले पनी बेच्दिन , अधिकारका लागि संधैं लडी रहनेछु ।recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qYmCFW
via IFTTT
26 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top