Photo of Milford Sound in New Zealand

भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् ।सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन् ।

अस्पतालको फार्मेसी स्टोर प्रमुख राजकुमार ढुङ्गानाका अनुसार बजारमा रु १०० पर्ने स्लाइन लगाउँदा प्रयोगमा आउने क्यानुला ननसेफ्टि अस्पतालको फार्मेसीमा रु १५ मा पाइन्छ ।

क्यानुला सेफ्टि अस्पतालको फार्मेसीले ८२ रुपैयाँ ७१ पैसामा बिक्री गर्दै आएको छ भने बजारमा रु १५० मा बिक्री गरिन्छ । गर्भावस्थामा आमाले प्रयोग गर्ने प्रिग्नेन्सी प्रोटिन अस्पतालको फार्मेसीमा रु २५० मा पाइन्छ भने अन्यत्र त्यसको मूल्य रु ४०० रहेको छ ।

ग्यास्ट्रिक हुँदा लगाउने प्यान्टा पराजोल ४० एमजीको इन्जेक्सन बाहिर बजारमा रु १७६ मा पाइन्छ भने अस्पतालको फार्मेसीले १०८ रुपैयाँ १० पैसामा बिक्री गर्दै आएको छ ।

बाहिर बजारमा रु २५ पर्ने इसिजी लिड अस्पतालको फार्मेसीमा रु सात रुपैयाँमा बिक्री गर्दै आएको स्टोर प्रमुख ढुङ्गानाले बताए ।

अत्यधिक प्रयोग हुने ज्वरोको प्यारासिटामोल, आइब्रुफिन अस्पतालको फार्मेसीमा एक रुपैयाँ ५२ पैसामा प्रतिट्याबलेट पाइन्छ भने बाहिर बजारमा रु दुई लिने गरिन्छ । यसैको सिरफलाई अस्पतालमा २५ रुपैयाँ ५० पैसामा बिक्री गरिन्छ भने बजार मूल्य रु ३२ रहेको छ ।

क्यानुला हातमा टाँस्न प्रयोग हुने इजी फिक्स अस्पतालको फार्मेसीमा १० रुपैयाँ ८८ पैसा पर्छ भने बाहिर बजारमा रु ३५ पर्छ । यतिमात्र होइन अस्पतालको फार्मेसीले हाल बिक्री गर्दै आएका ८०० प्रकारका औषधिमध्ये अधिकांशमा लेखिएको मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको छ । अस्पतालले गएको कात्तिकबाट आफैँले फार्मेसी सञ्चालन गर्दै आएको हो ।

गत वैशाख मसान्तसम्ममा रु तीन करोड सात लाख २३ हजारको औषधि फार्मेसीले बिक्री गरेको छ । सो अवधिमा फार्मेसीले रु ५५ लाख ३६ हजार नाफा आर्जन गरेको ढुङ्गानाले बताए ।

दर तय गर्दा बजार मूल्यको भन्दा कम तय गरिएको छ । जसबाट पनि अस्पताल र उपभोक्ताले आधा आधा लाभ लिएका स्टोर प्रमुख ढुङ्गानाले बताए ।

हरेक महिना बिक्री बढ्दै गएको पनि उनले बताए ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गर्नुपर्ने भएकाले खरिदमा समय लाग्दा आवश्यक सबै औषधि पु-याउन कठिन भए पनि सकेसम्म सस्तोमा धेरै औषधि उपभोक्तालाई दिलाउन सकिएको बताए ।

सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गर्दा कोटेसनमा १५ दिन लाग्छ भने टेन्डरमा जाँदा दुई महिना लाग्छ । अस्पतालका कतिपय चिकित्सकलाई कम्पनीले प्रभाव पारेर उसकै ब्रान्ड लेखिदिने हुँदा बिरामीले दुःख पाउने गरेका छन् । फार्मेसीले बिक्री गरेको औषधि फिर्ता हुने गरेको छ ।गत सात महिनामा चिकित्सकले लेखेको भन्दा फरक ब्रान्ड परेपछि फार्मेसीबाट रु पाँच लाख २१ हजारको औषधि फिर्ता भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मरासिनी अस्पतालको फार्मेसीले मोलिकुल उपलब्ध गराउन सक्ने भए पनि चिकित्सकले सिफारिस गर्ने गरेका सबै ब्रान्ड राख्न नसकिने बताए ।अस्पतालले एक हजार २०० प्रकारका औषधि फार्मेसीमा पु-याउने लक्ष्य राखेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारी स्वास्थ्यमन्त्री गगन थापाले सस्तो र सुलभ रुपमा उपभोक्तालाई औषधि दिने उद्देश्यका साथ सरकारी अस्पतालमा सुरु गरिएको आफ्नै फार्मेसी सफल बनाउन चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताए ।

अस्पतालभित्र रहेको साझाको फार्मेसी हटाएर भर्ना भएका बिरामीका लागि छुट्टै भित्र फार्मेसी सञ्चालन गरेसँगै अस्पतालको आम्दानीसमेत बढ्ने उनको भनाइ छ । पहिले अस्पताल परिसरमा फार्मेसी सञ्चालन गर्नेले मासिक रु १६ लाख भाडा बुझाउँदै आएको थियो ।अस्पतालको फार्मेसीले गत महिना रु १३ लाख ८८ हजार नाफा गरेको छ । औषधि खरिद प्रक्रिया सहज बनाउनुपर्ने बताउँदै उनले अन्य निर्माण खरीद झैँ औषधिको खरिद प्रक्रिया भएकाले यसलाई परिवर्तन गर्न सकेमा अधिकांश औषधि नागरिकलाई दिन सकिने उनले बताए । मन्त्रालयले रु १५ लाख उपलब्ध गराएर अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न लगाएको हो ।NE patrika

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qpcwLz
via IFTTT
26 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top