Photo of Milford Sound in New Zealand

‘बाहुबली’ को सानदार सफलतापछि प्रभास अब ग्लोबल स्टार बनेका छन् । यस्तैमा जो कोहीँ जान्न चाहन्छन् कि प्रभासको पर्सनल लाइफ कस्तो छ र अब उनी विवाह कहिँले गर्दैछन् । ‘बाहुबली २’ मा निर्वाह गरेको भूमिकाका कारण लाखौं यूवतीहरुको ‘दिलको राजा’ बनिसकेका प्रभासलाई भने बलीउड अभिनेत्री दीपिका पादुकोण निकै मनपर्छ । यसको खुलासा प्रभास आफैले गरेका हुन् । प्रभासले एक अन्तर्वार्ताको क्रममा भने, ‘मलाई दीपिका पादुकोण निकै मनपर्छ र एक फिल्म उनीसँग गर्न मन छ ।’

उनले अहिलेसम्म ६ हजार यूवतीको विवाहको प्रस्ताव अस्वीकार गरिसकेका छन् । प्रभास र ‘बाहुबली’ का डायरेक्टर एस.एस. राजामौलीको यो तेस्रो फिल्म हो । २००५ मा प्रभासलाई लिएर राजामौलीले ‘छत्रपति’ बनाएका थिए तर यो फिल्म ‘बाहुबली’ जस्तो सानदार हिट बन्न सकेन । ‘बाहुबली’ सिरिजमा लगभग पाँच बर्षसम्म व्यस्त रहेपछि एक्टर प्रभासले अब ब्रेक लिएका छन् । ३७ बर्षका प्रभास अहिले यूएसमा आफ्ना साथीहरुसँग होलिडेमा छन् । source:gazzabkoonline.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r5wawE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top