Photo of Milford Sound in New Zealand

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भेट्न आएका भारतीय नेतालाई प्रक्रिया पुर्याएर आउन भन्दै फिर्ता पठाएका छन् ।

बालुवाटार स्रोतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोस्यारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न केहि दिन पहिला सरकारी निवास बालुवाटार पुगेका थिए । तर, बाहिर सचिवालयमा बसिरहेका प्रचण्डपुत्र प्रकाश दाहालले कोस्यारीलाई रोकेर प्रक्रिया पुर्याई आउ भन्दै फिर्ता पठाइदिए ।

कोस्यारी करिब एक सातदेखि नेपालमै थिए । उनीसँगै विजेपी नेता विजय जोली पनि नेपालमै थिए । कोस्यारी नेपाल भारत प्रबुद्ध समूहको तेस्रो बैठकमा भाग लिन हप्तादिन अगाडि काठमाडौं आएका थिए । आचुनाब रोक्न आग्रह गर्न आफ्नो दलबलसहित प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका कोस्यारीलाई ‘अपमानित’ हुनेगरी प्रचण्डले छोरामार्फत फिर्ता पठाएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार बालुवाटारस्थित सचिवालयमा प्रचण्डपुत्र प्रकाशले तपाईहरुले अहिले भेट्न सक्नुहुन्न्, प्रधानमन्त्रीसँग भेट्न भारतीय राजदूतावासमार्फत समय लिएर राजदूतसँगै लिएर आउनुस्, परराष्ट्र मन्त्रालयमार्फत आउनुस् भनेर कोस्यारी नेतृत्वको भारतीय टोलीलाई फिर्ता पठाएका थिए ।

प्रचण्डले गरे हिम्मत, राष्ट्रवादलाई बोलेर हैन गरेर देखाए

आफूमाथि भारतसँग लम्पसार परेको आरोप लागिरहेका बेला प्रधानमन्त्री प्रचण्डले भारतीत नेतालाई संस्कार सिकाउने हिम्मत गरेका छन् । राष्ट्रवादलाई बोलेर हैन व्यवहारमा देखाएका छन् । कुटनीतिक प्रचलनअनुसार मित्र राष्ट्रका नेताले आफ्नो राजदूतावासमार्फत समय मिलाएर कार्यकारी प्रमुखसँग भेट्ने चलन छ । तर, नेपालमा भारत तथा पश्चिममा मुलुकका नेताहरु कुटनीतिक मान्यताको ख्यालै नगरी सिधै भेट्न जाने गरेका छन् । यो प्रचलनलाई तोडेर अब प्रचण्डले नयाँ सुरुवात गरेका छन् । यसलाई निरन्तरता दिनु नै सबैभन्दा ठूलो सफलता प्रचण्डका लागि हुनेछ ।

भारतसँगै अब प्रधानमन्त्रीले चीनको डेलिगेसनलाई पनि सोझै बालुवाटार भेट्न आउँदा रोक्नुपर्छ । सिस्टममार्फत आउने वातावरण बनाउनुपर्ने परराष्ट्रविद्हरु बताउँछन् ।

स्रोतका अनुसार, प्रकाशले कोशियारिलाई प्रधानमन्त्री मोदी पनि प्रचण्ड संग रिसाएका छन् । source:nepalpana.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pzdxzu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top