काठमौं । भरतपुर महानगरपालिकामा माअोवादी/कांग्रेस संयुक्त उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छन्।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले महानगरको वडा नम्बर ९ का मत पेटिकाबाट गणना हुँदा अग्रता पाएकी हुन्।
दाहालले १०४ मतले अग्रता लिएकी हुन्। उनको १४१८८ मत छ भने एमालेका देवी ज्ञवालीले १४०८४ मत पाएका छन्।
वडा नम्बर ८ को गणना हुँदा मतअन्तर साँघुरो पारेकी रेणुले ९ को गणना पछि एमालेलाई उछिनेकी हुन्।
यसअगाडि नेकपा एमालेका देवी ज्ञवालीले १३६३५ मत सहित अग्रता लिएका थि। निकटमै थिइन् कांग्रेस समर्थन पाएकी रहेकी माअोवादी मेयर उम्मेद्वार रेणु दाहाल। उनको मत थियो- १३४३२ ।
वडा नम्बर ९ गन्दा एमालेले मात्रै ४४९ मत थप्यो भने माअोवादीले ७५६ मत आफ्ना पक्षमा पायो। त्यो बेला एमाले २०३ मतले अगाडि थियो। वडा नम्बर ९ मा एमालेका देवीले भन्दा ३०७ मत बढि माअोवादीकी रेणुले ल्याइन्। यो मतले रेणुलाई ल्याए देवी भन्दा १०४ मतले अगाडि।
शुक्रबार बिहान पनि रेणुले झण्डै सय मतले एमाले देवीलाई पछि पारेकी थिइन्। लगत्तै एमालेले ५ सय बढीको अग्रता बनाएको थियो। मध्यदिनबाट उकालो लागेको रेणुको मतले देवीलाई पछाडि पारेको छ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qystl9
via IFTTT
0 comments:
Post a Comment