Photo of Milford Sound in New Zealand

दोलखा, २७ बैशाख । चुनाव हार्ने डरले माओवादीका नेताहरु नै हिंसात्मक गतिविधिमा लागेका छन् । माओवादीका पूर्वराज्यमन्त्री देवी खड्का नेतृत्वको टोलीले दोलखामा एमाले कार्यकर्ताको हत्या भएको छ । मंगलबार राती एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या भएको हो । हत्यामा संलग्नको आरोपमा माओवादी केन्द्रका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य नाइके पूर्वमन्त्री खड्का भने फरार छिन् ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालका अनुसार घटनामा संलग्न आठ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । एमालेले पूर्वमन्त्री देवी खड्का, उनका भाई बिशाल खड्का लगायतविरुद्ध जोहरी दिउके छ । बास बसेको स्थानमा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा एमाले कार्यकर्ताको ज्यान गएको हो । गौरीशंकर गाउँपालिका–२ जुँगुमा राती ९ बजेतीर एमाले कार्यकर्ता बास बसेको स्थानमा माओवादीका कार्यकर्ताले पेस्तोल सहित आक्रमण गरेका थिए । राती ९ बजे माओवादी केन्द्रका कार्यकर्ताले गोली चलाएपछि भागभाग भएको थियो । एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई माओवादी केन्द्रका कार्यकर्ताले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको स्थानीयले बताएका छन् । बास बसेकै स्थानमा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा दिलबहादुर बुढाथोकी गम्भीर घाईते भएका छन् । प्रहरीले गयराती एक जनाको हत्या भएको पुष्टी गरेको छ । थप अनुसन्धान भैरहेको जनाएको छ ।

गाउँमा तनाव भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । चन्द्रमाया जिरेलको होटलमा बास बसेका उनीहरुमाथी माओवादी क्ेन्द्रका कार्यकर्ताले हतियार सहित आक्रमण गरेका थिए । होटल संचालक जिरेलका अनुसार करिव ९ बजे माओवादीका कार्यकर्ताले चारैतिरबाट घेरेर आक्रमण गरे । ‘उहाँहरु खाना खान लाग्नु भएको थियो त्यै बेला आक्रमण भयो उनले भनिन् जुन पार्टी आएपनि हामीले खाना बनाएर दिने गरेका थियौं ।’ ‘लक्षुको घर जला भन्दा छानामाथी चढेर आक्रमण भयो म खाटमुनी ३ छोराछोरी सहित लुकेर ज्यान जोगाए मनमायाले भनिन खानाखान बसेकाहरु भागे कुलबहादुरलाई लखेटेर स्कुल नजिकै लगेर खुकुरी हानेर मारे ।’ चुनावी प्रचारप्रसार सकेर जुगुमा रहेको एक होटलमा खाना खान लाग्दा माओवादी केन्द्रका कार्यकर्ता आइ कुलबहादुर लगायत अन्य ७÷८ जनामाथि आक्रमण भएको होटल सञ्चालिका चन्द्रमाया जिरेलले बताएकी छन् । उनले भनिन् ‘राति खानाको अर्डर थियो। म पकाउँदै थिए । एक्कासी २०र२५ जना आएर मेरो घरको जस्ता उतार्न थाले र खाना खान बसेकालाई आक्रमण गर्न थाले । म डरेले ४, ७ र १० वर्षका बच्चा समातेर खाटमुनि लुकेँ । पछि के के भयो थाहै भएन ।ुउनका अनुसार राति २ बजे प्रहरी आएको र प्रहरीले कुलबहादुरलाई स्थानीय स्कुलको चौरमा लडिरहेको अवस्थामा भेटेको थियो । प्रहरीले उपचारको क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा तामाङको मृत्यु भएको थियो ।मृतक तामाङको टाउकोमा भाला र खुकुरीको गहिरो चोट लागेको छ । चुनावमा माओवादीको हिंसात्मक गतिविधिले दोलखाबासी आक्रोशित बनेका छन् । दृस्टीअनलाइन बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qTFu9G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top