Photo of Milford Sound in New Zealand

काठमाडौँ । देशमा चुनावी माहोल छ। चुनावको मुखैमा भएका दुई घटनाको अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्।

पहिलो घटना सुशिला कार्की विरुद्ध दर्ता भएको महाभियोग र दोस्रो कुलमान घिसिङमाथि लागेको एलइडी बल्ब प्रकरणको । १८ घण्टा लोडसेडिङ झेलेको देशलाई उज्यालो दिने कुलमान झुटो आरोप सहन नसकेर हिजो मंगलबार भएको पत्रकार सम्मेलनमै भक्कानिए। उनको त्यो आँसुले सबैको मन छोएको ।

सबै फेसबुकमा केही न केही लेखिरहने कलाकार दिपकराज गिरीले यसै विषयमा केन्द्रित रहेर नक्कली समाजसेबीमाथि व्यङ्ग्य गरेका छन्। उनले व्यङ्ग्य गर्दै नक्कली समाजसेबीको चर्चा चुलिने र हिजो केही नहुने नेताहरु आज भ्रष्टाचारका कारण मालामाल भएको आफ्नो स्टाट्समा लेखेका छन्।

त्यस्तै उनले सुशिला कार्की जस्ता निडर व्यक्तिलाई महाभियोगलगाएर घरपै गुपचुप बनाइने र अभ्यारो शहरलाई उज्यालो बनाउने कुलमानलाई धुरुधुरु रुन बाध्य बनाउने आफ्नो देशको प्रशासनमाथि पनि ब्यङ्ग्य गरेका छन्।

http://ift.tt/2q3oyww

from SHYANE http://ift.tt/2pxGbRj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top