Photo of Milford Sound in New Zealand

‘बाहबुली द बिगिनिङ’ मा मुख्य रोलमा रहेकी नायीका हुन् तमन्ना भाटिया । उनी ‘बाहुबली’ को पहिलो चलचित्रमा प्रभासको गर्लफ्रेन्ड भएर मुख्य भूमिका निभाएकी थिईन् । तर ‘बाहुबली द कन्कुल्जन’ मा तमन्नाको भूमिका एकदमै थोरै छ । उनी चलचित्रमा केवल देखिन्छिन् मात्रै । एउटा पनि डाईलग नबोलेरै तमन्नाको भूमिका सकिन्छ । यो देखेर तपाईलाई अनौठो लाग्यो होला ? कारण के हो त ? पहिलो चलचित्रमा मुख्य भुमिकामा रहेकि नायीका तमन्ना दोस्रोमा किन देखिईनन् ? कारण यस्तो छ ।

भारतीय मिडियामा आएको रिपोर्टस् अनुशार चलचित्रका निर्देशक एसएस राजामौलीले बाहुबली २ बाट तमन्नाको सिन काटिदिएका थिए । ‘टाइम्स अफ इन्डिया’ को रिपोर्टका अनुसार, तमन्ना यो कुरालाई लिएर निकै रिसाएकी थिइन् । बताइएको छ कि राजामौली भिजुअल इफेक्ट्सबाट खुशी थिएनन् र यसैले उनले केही सिन काटेका थिए । काटिएका बढी जसो दृश्य तमन्नाको थियो ।

तमन्नाले यो फिल्ममा आफ्नो भूमिकाका लागि घुडसवारी र मार्शल आर्ट्सको तालिम समेत लिएकी थिइन् । तमन्नाले फिल्म रिलिज अगाडि भनेकी थिइन कि उनको फिल्ममा महत्वपूर्ण भूमिका छ । तर, फिल्म देखेपछि तमन्ना आफै नै अचम्ममा परेकी थिईन् । चलचित्र राम्रो बनाउनका लागि निर्देशक राजमौलीले तमन्नाको सिन काटेको बताइन्छ । तर उनको भूमिका कम भएपछि उनका फ्यानहरु भने रुष्ट भएका छन् । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rhzJ2c
via IFTTT

0 comments:

Post a Comment

add

 
Top