Photo of Milford Sound in New Zealand

चरिकोट, ३१ वैशाख – दोलखामा काँग्रेस र एमालेका कार्यकर्तावीच भडप हुँदा ११ जना घाइते भएका छन । झडपमा काँग्रेसका नौ जना र एमालेका दुई जना घाइते भएका हुन् । काँग्रेस र एमालेका कार्यकर्ताको भडपलाई सामान्य बनाउन प्रहरीले आठ राउण्ड गोली चलाएको छ ।

बैतेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल पुरयाइएको छ । तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता अच्युत कार्की गम्भीर घाइते भएका छन् । काँग्रेसका कार्यकर्ताको कुटपिटबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

तामाकोशी गाउँपालिका वडा नम्बर ५ स्थित सहरेमा प्रहरीले गोली चलाउँदा महिला लिला खडका घाइते भएकी छन । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार तनावलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो । सहरेमा मतदान स्थगित भएको छ । मतदानलाई पुन सञ्चालनमा ल्याउन मतदान अधिकृत र राजनीतिक दलहरुवीच छलफल भइरहेको छ । दोलखाका अन्य ठाउँमा भने शान्तिपूर्ण मतदान भइरहेको छ ।

एमाले र माओवादीकाबीच झडप भएको जुगुमा पनि शान्तिपूर्ण निर्वाचन भइरहेको छ ।

Source: KathmanduToday

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qihA5i
via IFTTT
14 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top