Photo of Milford Sound in New Zealand

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेल दुई सन्तानकी आमाको भूमिकामा देखिएको चलचित्र ‘हामी शरणार्थी’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । भुटानबाट लखेटिएर नेपाल आई शरण लिएर बसेका शरणार्थीहरुको कथामा आधारित चलचित्र निर्माण गरिएको छ ।

केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको चलचित्रलाई निर्देशक विजय लिम्बुले गरेका छन् । चलचित्रमा शिल्पासँगै जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय छ ।

अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् । फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uxLkg2
via IFTTT
07 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top