Photo of Milford Sound in New Zealand

कपिलवस्तु, असार २९ – कपिलवस्तुको सदरमुकाम तौलिहवाको धनौराटोल स्थित एचडी मेमोरियल विद्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । विद्यार्थीहरु परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला आगलागी भएपनि विद्यार्थीहरुलाई भने कुनै क्षति भएको छैन । विद्यालय भवन सँगै रहेको बिजुलीको पोलमा विद्युत सट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विद्यालयको पहिलो तल्ला पक्की भए पनि माथिल्लो तल्लाको छानो खरले छाएको कारण विद्युत सट हुँदा खरको छानोबाट आगलागी सुरु भएको हुन सक्ने प्रहरीले बताएको छ । आगलागीबाट विद्यालय भवनका डेक्स बेन्च लगायतका फर्निचरहरु जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि कपिलवस्तु नगरपालिकाबाट आएको दमकलले पानी फ्याँक्न सकेन । आगोलागीको खबर पाउना साथ घटना स्थल पुगको पहिलो दमकलमा पानी नभएका कारण फर्केको थियो । दोस्रो अत्याधुनिक भनिएको दमकलको पानी निकाल्न प्राविधिक ज्ञानको अभावका कारण दमकल फर्केको थियो ।

सर्वसाधारणहरुले २ वटा दमकल आए पनि आगो नियन्त्रणमा कुनै उपयोग नभएका कारण दमकल कर्मचारी प्रति आक्रोशित बनेका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आई सकेको छैन । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tLOXk7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top