२ रोपनी जग्गा भाडामा लिएर काठमाडौंको गोकर्णमा कृषि व्यवसायमा गर्दै आएकी छिन् सिन्धुपाल्चोक गुन्साकी ३२ बर्षिय पञ्चमाया तामाङ । विगत दुई बर्षदेखि कुखुरा पालन, टर्कीस् पालन र तरकारी खेतीमा रमाउंदै आएकी उनले ६ बर्ष विदेशमा कमाएको कमाई मात्र होइन वैंकबाट ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्दै आईरहेकी छिन् । ब्राईट नेपाल मल्टिपर्पोज सर्भिसेज मार्फत उनी महिला कृषि व्यवसायी बन्ने धुनमा ८५ लाख रुपैयाँ लगानी गरिसकेकी छिन् । २४ बर्षकै उमेरमा नेपालमा रोजगारी नपाएपछि कुवेत र कतारमा ६ बर्ष काम गरेर फर्केकी उनले विदेशमा गरिने दुख भन्दा नेपालमा बसेर आफ्नै माटोमा कृषि उपज उत्पादन गर्दाको मज्जा बेग्ले भएको बताउँछिन् ।
नेपाल सरकारले वास्तवमा नै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने हो भने युवा पुस्तालाई विदेश पलायन हुनबाट रोक्नु पर्ने बताउँछिन् । दैनिक हजारौं युवा पुस्ता रोजगारीको खोजीमा विदेशिने गरेका छन् । कोही रहरले कोही वाध्यताले विदेशी मरुभूमिमा आफ्नो पसिना बगाईरहेका छन् । जति पसिना बगाएपनि आत्मसन्तुष्टि भने पाउन सकिंदैन उनको अनुभव छ । नेताहरुले भाषण प्रति कटाक्ष गर्दै उनी भन्छिन् खै त सरकारले कृषिमा लागेका युवा पुस्तालाई सहयोग गरेको ? २२ /२३ प्रतिशत व्याजमा ऋण लिएर कृषि व्यवसायी गरिरहेका छन् । विदेशबाट फर्केका युवा पुस्ताहरुमात्र होइन नेपालमा नै रोजगारीका लागि भौतारिएका युवा पुस्तालाई सहुलियत (२/३ प्रतिशत) व्याजदरमा ऋण दिने हो भने सरकारले अनुदान बाँड्नै नपर्ने उनको तर्क छ ।
५ प्रतिशतमा कृषि ऋण पाइन्छ भन्ने उनेकी उनले आफूले १८ प्रतिशत व्याज तिरेर ऋण लिएको बताउंछिन् । उनी हांस्दै भन्छिन् गाडी किन्न वैकले ७ प्रतिशत व्याजमा ऋण दिन्छ तर कृषि उत्पादनका लागि भने १८ प्रतिशतसम्म लिने गरेको उनको भोगाई छ । हामी जस्ता युवाहरु कृषि उत्पादनका लाग्न सक्छौं, लागिरहेका छौं विदेशमा भन्दा नेपालमा नै कृषि उत्पादनमा लाग्ने हो भने राम्रै आम्दानी गर्न सकिने रहेछ । तर विचौलियाका कारण उत्पादन लागत उठ्न पनि धौधौ हुने रहेछ । हामी किसानले आफै बजार खोज्न सक्दैनौ त्यसका लागि सरकारले बजारीकरणको व्यवस्था गरोस्, किसानको खेतबाटै राज्यले कृषि उपज खरिद गर्ने काम गरोस् उनको माग समेत छ ।
पारिवारिक सहयोग भएकै कारण उनले १२ जनालाई नियमित रोगजारी दिएकी छिन् । विदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशको माटोमा सुन फलाउन सकिने रहेछ । विदेशबाट फर्केर कृषिमा लगानी गर्न तम्सिएकी उनलाई परिवारको पनि पुरै सहयोग भएको बताउंछिन् । परिवारबाट टाढा रहेर बस्नु भन्दा आफ्नै देशको माटो मलिलो बनाउने सके भावी पुस्ताको भविष्य समेत उज्वल बन्ने उनको भनाई छ ।
आफू जस्तै किसानहरुको भविष्यलाई उज्वल बनाउनका लागि आफूले स्थापना गरेको ब्राइट नेपाल मल्टिपर्पोज प्रालिलाई काभ्रे, सिन्धुपाल्चोकमा शाखा विस्तार गर्ने सोचमा रहेकी पञ्चमाया तामाङले निकट भविष्यमा नै गुणस्तरीय मासु विक्री वितरण गर्नका लागि भक्तपुर वा काभ्रेमा पशु बधशाला स्थापना गर्नका लागि जग्गा खरिद गर्ने प्रक्रियामा रहेको समेत बताउंछिन् ।
युवा लक्षित कार्यक्रम, किसान पेन्सन जस्ता नारा दिएर किसान भुलाउने काम बन्द गर्दै विना धितो ऋण प्रवाह गरी विदेशी प्रविधि भित्र्याएर कृषि उत्पादनको लागत मूल्य घटाउने, कृषि क्षेत्रको विकास र परिवर्तन गर्न युवा व्यवसायिक किसानहरुलाई विदेशी प्रविधि र सीप सिकाउने पठाउने काम राज्यले गर्ने हो भने कृषि क्षेत्रमा युवा पुस्ताहरु प्रतिबद्ध भएर लाग्ने उनी बताउंछिन् । आफू कृषि व्यवसायमा लागेर धेरै नै खुशी भएको बताउंदै विदेश जाने रहर बोकेका युवा पुस्तालाई स्वदेशमा नै कृषि उत्पादनमा लाग्न पञ्चमाया तामाङ सल्लाह समेत दिन्छिन् । श्रोत कृषि अनलाइनबाट
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2v8GOoE
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.