Photo of Milford Sound in New Zealand

नायक पल शाह र नायिका पुजा शर्मा काठमाडौँ रिङ रोडको परिक्रमा गर्ने भएका छन्। असार २९ गते बिहिवारका दिन “म यस्तो गीत गाउँछु” का नायक पल शाह र नायिका पुजा शर्मा सहित फिल्मको टोलीले चक्रपथ परिक्रमा गर्ने भएको हो।

नेपाल दर्शन टेलिभिजनले सञ्चालन गर्न थालेको ‘नेपाल दर्शन आईडल’को प्रमोशनका लागि पल र पुजा रिङ रोड घुम्ने छन् । यसले गर्दा पल र पुजालाई आफ्नो फिल्मको प्रमोशन गर्ने अवसर त मिल्ने छ नै । सँगै ‘नेपाल दर्शन आईडल’को पनि प्रचार हुनेछ । यसको चाँजोपाँचो मिलाएका हुन् पत्रकार सुजन आचार्यले ।

काठमाडौँमा मंगलबार ‘नेपाल दर्शन आईडल’को घोषणा कार्यक्रममा यस्तो कुराको जानकारी गराईएको हो । उक्त घोषणा कार्यक्रममा पल र पुजासँगै निर्देशक सुर्दशन थापा पनि पुगेका थिए ।

पल, पुजा र सुर्दशन सबैले नेपाल दर्शन आईडलको सफलताको शुभकामना पनि दिए । नेपाल दर्शन आईडलका प्रमुख विजेतलाई पाँच लाख नगद पुरस्कार दिईनेछ । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uNAhiS
via IFTTT
11 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top