Photo of Milford Sound in New Zealand

श्रावण महिनाको सनातन धर्ममा धेरै नै महत्व छ . श्रावण महिना भरि मानिसह?ले भगवान शिवको पुजा अर्चना गर्ने गर्छन . श्रावण महिनाको बारेमा विभिन्न पाौराढिक ग्रन्थ मा यो महिनाको बारेमा वर्णन पनि गरिएको छ .

एक कथा अनुसार, ऋषि मुनी म्रिकंद र ंउनकी श्रीमती मरुधमती पुत्र प्रातिका लागि भगवान शिव को अराधना गरे । तिनिहरुको आराधनाले भगवान शिव प्रसन्न भए , तर भगवान शिवले छोरा दिनुको साथसाथै एउटा सर्त राख्नु भयो र भन्नुभयो , तिमिहरुलाई बुद्धिमान छोरा चाहिन्छ वा मंदबुद्धि, यदि तिमिहरु बुद्धिमान छोरा रोज्यौैं भने , उसको आयु कम हुन्छ र बाल्य अवस्था मै मृत्यू हुन्छ , र मंदबुद्धि भएको छोरा रोज्यौं भने , उसको आयु लामो हुन्छ ।

श्रीमान र श्रीमती दुवैले बुद्धिमान बालकलाई रोज्छन र उनीहरुको छोरा विस्तारै बढ्दै जान्छ र उसको आमा बुबाले उसलाई श्रापको बरेमा बताउछन । आफनो आमा बुबाको कुरा सुनेर श्रापबाट मुक्त हुनका लागि त्यो बालकले घोर तपस्या गर्छ । तपस्या गर्दै गर्दा यो समयमा कति यम दूत उसलाई आफनो साथमा लैजान आउछन , तर उसको तपस्याको शक्तिले उसलाई कसैले पनि छुन सक्दैन्न । अन्त्यमा यमदुतहरुको हार देखेर उसको आत्मालाई लैजान यमराज आफै प्रकट हुन्छन । यमराज आफनो पाशले त्यो बालकलाई समात्न खोज्दा गल्तीले त्यो पाश शिवलिंगमा खस्न जान्छ । जसले गर्दा भगवान शिव धेरै क्रोधित बन्नुहुन्छ र यमराजलाई त्यहाबाट जान आदेश दिनुहुन्छ ।son of rishi

त्यो बालकको तपस्या पुरा एक महिना चल्छ ,त्यो महिनालाई अहिले आएर श्रावण महिना भन्ने गरिएको छ । त्यो बालक आफनो तपस्याका कारण धेरै बुद्धिमानी बन्छ, जसलाई अहिले मानिसहरु मारकांद्य ऋषिको नामले चिन्छन ।

श्रावण महिनामा यदि मानिसहरु पुरा निष्ठाले भगवान शिवको अराधना गरे भने जे मागे पनि भगवानले पुरा गरिनिदुहुन्छ भन्ने जनविश्वास छ ।
तर भगवान शिवलाई खुशि पार्न श्रावण महिनामा केहि कुराको त्याग गर्नु पनि पर्ने हुन्छ , मासु माछा र मदिराजन्य वस्तु मात्र नभई श्रावण महिनामा भान्टाको तरकारी खान हुदैन । धार्मिक एवंम बैज्ञानीक कारणले पनि भान्टा खाना हुदैन । वर्षाको महिनामा भान्टामा किरा पर्ने गर्छ जुन हामीलाई सजिलै देखिदैन र हाम्रो शरिरलाई धेरै नै नोक्सान गर्ने गर्छ ।

यस्तै दोस्रो चिज हो हरियो सागपात , वर्षाको समयमा हरियो सागसव्जीमा पनि किरा पर्ने हुदा हरियो सागसव्जी खान पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

श्रावण महिनामा सबै भन्दा बढि त हामी दुध र दुधबाट बन्ने परिकारहरुबाट टाढा बस्न जरुरी छ , यसो गर्नुको कारण धार्मिक भन्दा पनि धेरै बैज्ञानिक कारण छ । यो मौसममा हरियो सागसव्जी बढि खाने भनेकै दुध दिने जनावरहरु हुन यस्तोमा खराव र किरा लागेको सागसव्जी जनावरहरुले खादा उनीहरुले दिने दुध पनि खराब बन्ने गर्छ र यस्तो दुध पिउनाले मानिस बिरामी हुने संभावना धेरै हुन्छ ।

यो सबैको त्यागबाट तपाईको शरिर स्वस्थ्य रहन्छ र तपाई भगवान शिवप्रति ध्यानपुर्वक पुजाअर्चना गर्न सक्नुहुनेछ । त्यसैले यो सबै चिजबाट आफुलाई टाढै राख्नुहोस ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ua9Owd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top