Photo of Milford Sound in New Zealand

काठमाडौं,असार २७ – जाम बढी हुने समयमा सरकारले रिंगरोड ट्रकरटिप्परलाई सवारीलाई प्रवेश र सञ्चालन गर्न नदिने भएको छ । यातायात ब्यवस्था विभागको पहलमा मंगलबार बसेको सरोकारवालाको बैठकले बुधवारवाट काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न रोक लगाउने निर्यण गरेको हो । अब यस्ता सवारीले समयसीमा हेरेर मात्रै सवारी सञ्चालन गर्न पाउनेछन् ।

नियम अनुसार बुधबारदेखि विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथ चल्न पाउने छैनन् । यदि सञ्चालन भएको पाईएमा ट्राफिक प्रहरीले कारवाही गर्ने यातायात विभागले जनाएको छ । ‘रिंगरोडभित्र ट्रक, टिप्पर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने ब्यवस्था पनि कायम राखिएको छ । अब ट्राफिक प्रहरीले पनि तोकिएको समयभित्र रिंगरोड आउने ट्रकरटिप्परलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ ।

थानकोट-मुग्लिन सडक ४ लेन बनाइने
सरकारले थानकोट देखि मुग्लिनसम्मको सडक विस्तार गर्दै चार लेन बनाउने भएको छ । थानकोट देखि मुग्लिनसम्म ९० किलोमिटर सडकलाई विस्तार गर्दै ४ लेन बनाउन लागिएको हो ।हाल उक्त सडक खन्ड २ लेन मात्र रहेको छ । राजधानी भित्रिने सवैभन्दा महत्पूर्ण उक्त सडक खन्ड विस्तार भएमा आउने र जाने समय समेत छोटिने छ ।

यता २ वर्ष देखि सुरु गरेको मुग्लिन-नारायणगढ सडक खण्डको विस्तार कार्य जारी रहेको छ । सो सडकखण्डपनि ४ लेन बनाउन खोजिएको छ । जसका कारण हजारौ यात्रुले दैनिकरुपमा सास्ती व्यहोर्नुपरेको छ । उक्त सडक खण्डको काम हाल ५० प्रतिशत मात्रै सकिएको छ ।

ठूला बस अव कलंकीबाट दायाँ मोडिन नपाउने,सिधै बाँयातर्फ
काठमाडौं बाहिरबाट आएका यात्रुबाहक गाडीहरु अब नयाँ बसपार्कमा मात्र रोक्नुपर्ने भएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन बाहिरबाट आएका यात्रुबाहक गाडीहरु गोंगवु बसपार्कमा मात्र रोक्नुपर्ने व्यवस्था गरिन लागेको हो । उपत्यका बाहिरबाट आएका बसहरु अव जथाभाबी बसपार्क बाहिर राखिए कारवाही हुने भएको छ ।

व्यवस्था विभागमा विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा प्रहरी नायव महानिरीक्षक मिङमार लामा, यातायात व्यवस्था कार्यालय प्रमुख बसन्त अधिकारी, विभिन्न यातायात व्यवसायका पदधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बाहिरिने सवारी साधनले पनि वसपार्कबाट बाँया मोडिएर कलंकी नागढुङ्गा हुँदै उपत्यका वाहिरिनुपर्ने छ ।

लामो दुरीका सवारीले अव राजधानि भित्र भित्रिदा कलंकीबाट दायाँ मोडिन पाउने छैनन् सिधै बाँयातर्फबाट नयाँबसपार्क जानुपर्ने छ । यसरी ट्राफिक नियम उल्लङघन गर्ने सवारीलाई अहिले सम्झाइ बुझाइ छोडिएपनि साउन १ गते देखी कारवाही सुरु गरिने जानकारी दिएको छ ।recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uh0glM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top