Photo of Milford Sound in New Zealand

चितवन, असार २० – चितवन इच्छाकमना गाउँपालिमामा रात्रिबस दुर्घटना हुँदा तीन महिने शिशुसहित प्रहरी जवानको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर भएको चितवन प्रहरीले जनाएको छ ।

काठमाडौंबाट धनगढीकाका लागि छुटेको ना ६ ख ६४६८ नम्बरको रात्रिबस इच्छाकामना गाउँपालिकाको सुम्लिङटारमा राति पौने ३ बजे दुर्घटनामा परेको हो । प्रहरी जवान राजकुमार चौधरी र उहाँकी ३ महिने छोरीको ज्यान गएको छ भने उहाँकी श्रीमतीको अवस्था गम्भीर भएको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकराी दिएको छ ।

केन्द्रीय प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चौधरी बिदा मनाउन घर कैलाली जाने क्रममा दुर्घटनामा पर्नु भएको हो । दुर्घटनामा चालक दिनेश राना मगर, कैलालीका राजी चौधरी, कैलाली टीकापुरकी धनकला टमटा, कैलालीकै तिलादेवी शाह घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ ।

बसमा रहेका २७ जना मध्ये २३ जना सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस तीव्र गतिका कारण दुर्घटनामा परेको हो । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tGf3p0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top