Photo of Milford Sound in New Zealand

यमन, ४ साउन । साउदी अरब नेतृत्वमा रहेको युद्धक विमानले यमनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने ताइज प्रान्तमा बिहीबार गरेको हवाई आक्रमणमा परी २० भन्दा बढी सर्वसाधारण मारिएका छन् । हुथी विद्रोही समूहआवद्ध सञ्चारमाध्यमले सो जानकारी दिएको छ ।

यमनमा जारी द्वन्द्वका कारण विस्थापित भएर बसेका व्यक्तिको आश्रयस्थल अर्थात शिविरमा भएको साउदी अरेबिया आवद्ध हवाई आक्रमणमा परी २० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

सो हवाई आक्रमणमा मारिएका मध्ये केही महिला र बालबालिकासमेत रहेका अल मसिहा टीभी च्यानलका अधिकारीहरुले बताएका छन् । तर पर्याप्त दृश्य तथा विवरणहरु भने सो च्यानलले देखाएको छैन ।

स्थानीय बासिन्दाका अनुसार मावजा जिल्लामा रहेका विस्थापितहरुको शिविरलक्षित सो आक्रमण भएको थियो । ताइजमा सिते हुथी समूहका विरुद्धमा यमनको सरकार समर्थित सुरक्षा बलले बिहीबार बिहानै सुरक्षा कारबाही चलाएको यमनी अधिकारीहरुले जानकारी दिएका छन् ।

होड्याडामा रहेको ताईजसँग सम्बन्धित सेनाको चाँैथो क्षेत्रीय निर्देशनालयका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यस क्षेत्रमा सिते हुथी लडाकूहरुको राम्रो सैन्य प्रभाव रहेको छ ।

यमनमा अहिले पनि गृहयुद्ध जारी रहेको छ । साउदी अरेबिया विगत दुई वर्षदेखि यमन सरकारको समर्थनमा र हुथी विद्रोहीलाई लक्ष्यगरी हवाई आक्रमण गरिरहेको छ । यमनमा सन् २०१४ को सेक्टेम्बरदेखि शुरु भएको गृहयुद्ध हालसम्म पनि जारी रहेको छ ।

यमनको सरकारले दक्षिणी र केही पूर्वी क्षेत्रमा हुथी र यमनका पूर्व राष्ट्रपति सालेहको प्रभावलाई नियन्त्रण गर्दै गएको छ ।

सरकार र लडाकू पक्षकाबीच सहमति गराउन संयुक्त राष्ट्रसङ्घले पटकपटक वार्ता र छलफल गराएता पनि यसले कुनै निष्र्कष भने पाउन सकेको छैन ।

यमनमा जारी गृहयुद्धको क्रममा अहिलेसम्म १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसमध्ये आधाभन्दा बढी सर्वसाधारण नै रहेका छन् ।

जारी यस द्वन्द्वका क्रममा ३५ हजारभन्दा बढी घाइते भएका छन् भने लाखौँ विस्थापित भएको अधिकारवादी संस्थाहरुले जनाएका छन् । रासस÷सिन्ह्वा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tGTSQ6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top