Photo of Milford Sound in New Zealand

६ साउन, काठमाडौं । यू-१९ विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ ।
१६९ रनको लक्ष्य पछ्याएको सिंगापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।

तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएक नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।

अर्को ओभर किशोर महतोले सिंगापुरको आठौं विकेट लिए । ४६ औं ओभरको दोस्रो बलमा विकेट लिँदै सन्दिपले हादर्ैै गरेको नेपालााई जितर्फ डोहोर्‍याए ।
४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिँदै नेपालको जितलाई औपचारिकता दिए ।

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2uFWthI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top