Photo of Milford Sound in New Zealand

मान्छे हरु सधैं एउटा शब्दबाट डराउँछन्, त्यो हो ‘मृत्यु’ । मृत्यु कसैलाई पनि प्यारो लाग्दैन । तर एक न एक दिन सबैले मृत्युलाई अंगाल्नु पर्ने हुन्छ ।

मृत्यु अंगाल्नुपर्ने धुर्वसत्य थाहा भएरै कतिपयले आफ्नो मृत्युबारे जान्न चाहना पनि राख्छन् । त्यसका लागि ज्योतिषीकहाँ चिना देखाउनेदेखि अनेक उपाय अपनाउँछन् । तर हिन्दु धार्मिक ग्रन्थका अनुसार मानिसलाई उसको मृत्यु नजिकिँदै छ भन्ने संकेत भगवान (प्रकृति)बाट नै मिल्ने गर्छ । ती संकेतलाई चिन्न सक्यो भने मृत्यु नजिक आइसक्यो भन्ने थाहा पाउन सकिन्छ ।

यस्ता छन् ती संकेतः
–शरिर अचानक पहेँलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु नजिकै आइसकेको छ । यस्तो संकेत देखिन थालिएको ६ महिनाभित्रै मानिसको मृत्यु हुने ग्रन्थमा उल्लेख छ ।

–कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिसको मृत्यु नजिक आइसकेको मान्नु पर्छ ।

– यदि कुनै व्यक्तिले आफ्नै छायाँमा छुट्टै देख्ने तथा छायाँमा आफ्नो देख्दैन भने सम्झनुपर्छ एकमहिनाभित्रै उनको मृत्यु हुनेवाला छ ।

– यदि कुनै व्यक्तिले अचानक चारैतिर कालो देख्न थाल्यो भने त्यो उसको मृत्यु नजिक आइसकेको संकेत हो ।
– यदि अचानक कुनै व्यक्तिको बायाँ हात लगातार एक हप्तासम्म फरफर्राउँछ भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु नजिक आइसकेको छ ।

– मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने मृत्यु नजिक आइसकेको संकेत भनेर बुझ्नुपर्छ ।

– यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु निकट छ ।

– जिब्रो अचानक फूल्नु (सुन्निनु) पनि मृत्युको संकेत हो ।

– यदि कुनै व्यक्तिले निलो आकाशलाई रातो देख्न थाल्यो भने पनि उसको मृत्यु निकट छ भनेर बुझ्दा हुन्छ ।

– यदि कुनै व्यक्ति गएको ठाउँमा काग र गिद्धहरु घुमिरहन्छन्, अथवा ती व्यक्ति भएको माथिबाट तीनभन्दा बढी गिद्ध एकसाथ उड्छन् भने पनि बुझ्नुपर्छ कि अब उनको मृत्यु हुनेवाला छ । (विभिन्न हिन्दु धार्मिक ग्रन्थहरुबाट साभार)

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tr3UFL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top