Photo of Milford Sound in New Zealand

चूडामणि शास्त्री – करीब ४६ बर्षपछि साउनको पूर्णिमा ( ऋषि तर्पणी ) अर्थात् जनै पूर्णिमाका दिन ( वि. सं. २०७४ साउन २३ गते सोमबार , सन् २०१७ अगस्त ७ तारीख ) चन्द्र ग्रहण परेकोले जनै, रक्षाबन्धन ( डोरो बाँध्ने ) लगाउने काम १० दिन अगाडी नाग पञ्चमीको दिन ( वि.सं. २०७४ साउन १३ गते शुक्रवार, सन् २०१७ जुलाई २८ तारीख ) मा नै गर्ने भन्ने कुरा पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त हिमाल पञ्चाङ्ग आदिमा उल्लेख गरेको छ । यस अनुसार नेपालभर नाग पञ्चमीका दिनमा नै रक्षाबन्धनको काम सम्पन्न हुनेछ ।

नेपाल बाहिरका यूरोप अमेरिका क्यानाडा अस्ट्रेलिया आदि देशहरुमा ७ अगस्तमा चन्द्र ग्रहण नहुने भएकाले पूर्णिमा ( ७ अगस्तका दिन ) मा नै जनै, रक्षाबन्धन लगाउनु पर्ने देखिन्छ । अत: यस पर्वसंग सम्बन्धित नेपालभित्र र बाहिर रहनुहुने सम्पूर्ण मित्रहरुको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

पुनश्च = नेपाल भित्र जनै पूर्णिमा ( १३ गते साउन ) २८ जुलाई
नेपाल बाहिर जनै पूर्णिमा ( २३ गते साउन ) ७ अगस्त
हरिॐ !osnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ukru8g
via IFTTT

0 comments:

Post a Comment

add

 
Top