Photo of Milford Sound in New Zealand

परमिता आर.एल.राणा. हालै कोरियाबाट नेपाल आएकी हुन । उनी हालै आफ्नो पहिलो एल्बम निकाल्नमा व्यस्त छिन । उनले मोडलिङ्ग गरेको ७ वर्ष भयो । आफूलाई ईमोशनल र लव स्टोरी भन्दा पनि यूनिक सिनेमामा कामगर्नु मन परेको कारणले सिनेमामा हालै कामनगरेको उनी बताउँछिन । उनी सिनेमाको स्टोरी लाईन राम्रो भएको सिनेमामा काम गर्न चाहन्छिन । सिनेमामा नसोचेर भन्दापनि सोचेर काम गरौ भन्ने उनको मान्यता हो । उनी आफैले पनि एउटा स्क्रिप्ट लेख्दै छिन । परमिताले मन्डलाबाट एक्टिङ्ग सिकेकी हुन । उनले स्क्रिप्ट सकि सकेपछि उनले अडिशन लिएर मात्र अभिनेता रोज्ने छिन । उनलाई आफू मन्डलामा काम गरेको र त्यहाँ धेरैमा काम गर्ने सम्भावना भएको कारण त्यहीबाट कलाकार लिन मन छ ।

आफ्नो र आयुषमानको बारेमा मिडियासग कुरा गर्दै उनी भन्छिन, हाम्रो बिचमा पनि खटपट भएर पहिल्यै छुटिएका थियौ । त्यसको एक वर्षपछि फेरी भेट्यौ हामी । मलाई लाग्छ एक चोटी मन परेको मान्छे जहिले पनि प्यारो नै हुदो रहेछ किनभने अब ब्रेकअप भईहाल्यो भने पनि नराम्रो कुरा मात्र सोचेर बस्ने होईन नि त । त्यही रिलेशनसिप मा कती राम्रो कुराहरु पनि भयो, सिनेमामा पनि सगै काम गर्यौ र सगै जिवनमा पनि सगै थियौ । ब्रेक अप कसरी भयो भने चाहि म पूरा दोष कामलाई पनि दिन्न । ऊ पनि एकदमै व्यस्त हुन्छ । काममा निकै ध्यान दिन्छ । म पनि एकदमै काममा ध्यान दिने मान्छे । हामीले करियर र आफूलाई पहिलो प्राथमिकता दियौ । त्यसकारण पनि बोलचाल र भेटघाट पातलो हुदै गयो । त्यसपछि सम्झदारी पूर्वक हामीले आफनो करिअरमा फोकस हुने निधो गर्यौ ।

हामी विवाह गर्नको लागि एकदमै सानो उमेरमा थियौ । त्यही भएको हो कुरा । छुटिएको कारण पनि त्यही हो । मैले प्रियंका दिदीलाई पनि मोडलिङ्गको समयबाट नै चिनेको हो । जे भएउहाँ मेरो सिनियर हुनुहुन्छ । मेरो मनमा उहाँको लागि एकदमै आदर सम्मान छ । आयुष्मान म भन्दा एक वर्ष ठूलो हो । अनि सबै जना महत्वाकांक्षी छौ । जे होस् मलाई के अचम्म लाग्यो भने अचानक जुन महाभारत भयो नि सोशल मिडियामा त्यसले चाहि म एकछिन आत्तिए किनभने हाम्रो ब्रेकअप दुवै जनाको समझदारीमा ब्रेक अप भएको हो । तर, हाम्रो ब्रेकअप भएको १ हप्ता पछि ठ्याक्क उहाँहरुको न्यूज आउन थाल्यो । त्यही भएर हाम्रो पब्लिक लाई नपचेको जस्तो लाग्छ ।forseenetwork

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uRWYBC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top