Photo of Milford Sound in New Zealand

एजेन्सी। आफ्नो वैवाहिक जीवनलाई प्रेमले भरपूर बनाउने चाहना सबैको हुन्छ । तर सोचेजस्तो हुँदैन । त्यसका लागि धेरै कारण हुन्छन् । जसमध्ये वास्तु विज्ञानका नियमलाई ध्यान निदनु पनि एक कारण हुन जान्छ ।

केही यस्ता चीज हुन्छन्, जसलाई बेडरुममा राख्दा श्रीमान–श्रीमतीको सम्बन्ध नै धरापमा पर्न सक्छ । जसबारे यो आलेखमा उल्लेख गरिएको छः

१, देवी–देवताका तस्वीर
वास्तु विज्ञानका अनुसार बेडरुममा देवी–देवताका तस्वीर राख्दा पति–पत्नीबीच दूरी बढ्न सक्छ । बरु यस्ता तस्वीरलाई पूजा कोठामा लगेर राख्नु राम्रो हुन्छ । बेडरुममा यस्तो तस्वीर राख्दा पति–पत्नीको निजी सम्बन्धमा वैराग्य भाव उत्पन्न हुन जान्छ । जसले सम्बन्धमै फाटो आउन पुग्छ ।

२, विद्युतीय उपकरण
कम्प्युटर, टिभीजस्ता विद्युतीय उपकरण आजको समयमा कुनै पनि जोडीको बीचमा दूरी उत्पन्न गराउने मूख्य कारण बनिरहेका छन । वास्तु विज्ञानका अनुसार विद्युतीय उपकरण अग्नि तत्वबाट प्रभावित हुन्छन । जसले गर्दा सम्बन्धको तालमेलमा असर हुन जान्छ ।

३, जुता–चप्पल
वास्तु शास्त्रका अनुसार बेडको तल जुता, चप्पल तथा अन्य अनावश्यक चीज राख्दा पनि श्रीमान–श्रीमतीको सम्बन्धमा दरार पैदा हुन्छ । यस्तो चीजले बेडरुममा नकरात्मक शक्तिको प्रभाव बढाउँछ । जसले गर्दा पति–पत्नीको सम्बन्धमा नराम्रो असर पर्न जान्छ ।

बेडरुम यस्तो ठाउँ जहाँ तपाई आराम र चैन चाहनुहुन्छ । यस्तो ठाउँमा हिस्रक पशु (जस्तै बाघ)को तस्वीर तथा मुर्ती नराख्नुहोस् । यस्त तस्वीर तथा मूर्तीले तपाईको वैवाहिक जीवनमा मनमुटाव तथा कलह ल्याउन सक्छ ।

४, बेड पनि हुन सक्छ मनमुटावको कारण
वास्तु विज्ञानका अनुसार बेडरूममा सधैं एक बेड मात्रै राख्नु राम्रो हुन्छ । एउटै कोठामा दुई बेड तथा एउटै बेडमा दुई डसना राख्नाले तपाईको वैवाहिक सम्बन्धमा नराम्रो असर पुग्न सक्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uH9uas
via IFTTT

0 comments:

Post a Comment

add

 
Top