Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन ५ । आइसीसी यु–१९ विश्वकप क्रिकेटका लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १४१ रनले पराजित गर्‍यो ।

खेलमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै समेटियो ।

नेपालका पवन सराफले २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले ६ रन कटाउन सकेनन् । नेपालका ४ जना ब्याट्सम्यान त शून्य रनमै पभेलियन फर्किएका थिए ।

नेपालको इनिङ ध्वस्त बनाउनेक्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए ।

नवौं ओभरमा नेपालका आशा गरिएका ब्याट्सम्यानहरु दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल साहलाई लगातार तीन बलमा आउट गर्दै उल हकले अफगानी टोलीको जितको आधार तयार पारे ।

यसैगरी, अर्का बलर मजिब जद्रानले पनि ४ विकेट लिए ।

यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन तथा नाभेद ओबैदले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान यु–१९ क्रिकेट विश्वकपनजिक पुगेको छ । लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uLyT3G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top