काठमाडौं। पाँच वर्षसम्म संगीत क्षेत्रबाट हराएकी गायिका सिन्धु मल्लले कमब्याक गरेकी छिन् । ५ वर्षपछि मल्लले तीज गीतमार्फत कमब्याक गरेकी हुन् । उनको नयाँ तीज गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटीले सिन्धुलाई साथ दिएका छन् ।
सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलोपटक एकसाथ अभिनय गराएका हुन् । राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको गीतमा पर्व तीजको चर्चा गरिएको छ । गायिका मल्ल पनि आफ्नो कमब्याकपछिको पहिलो गीतले पहिले झैँ माया पाउनेमा विश्वस्त छिन्।
भन्छिन्, ‘केहि समय मैले मेरो घर गृहस्थीलाई दिए किनकी परिवारको दायित्व पनि पूरा गर्नु पर्छ नै। अब फेरि बिस्तारै गीत संगितमै फर्कदैछु ।’ गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन्।
from SHYANE http://ift.tt/2sRLQbp
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.