Photo of Milford Sound in New Zealand

एजेन्सी– डोकलामलाई लिएर पछिल्लो ३६ दिनदेखि भारत–चीनबीच तनाब चलिरहेको छ । भारत तथा चीनका सेनाहरु आमने सामने अवस्थामा रहेका छन् । यो इलाका एउटा ट्राइजक्शन हो । यसमा चीन सरकारले सडक निर्माण कार्य अगाडि बढाउन खोजिरहेको छ । उता भारतले भने सुरक्षाको कारण देखाउँदै सडक निर्माण गर्न नदिने बताएको छ ।

यसै विषयलाई लिएर भारतकी विदेशमन्त्री सुष्मा स्वराजले संसदमा चीनले मर्यादा नाघेको बताएकी थिइन् । उनले सबै देशहरु आफ्नो पक्षमा रहेको र चीनको रणनीति पुरा नहुने बताएकी थिइन् । उता चीनले भने स्वारजले झुट्टा कुरा गरेको बताएको छ ।

चीनको चर्चित मिडिया ग्लोबल टाइम्सका अनुसार स्वारजले भ्रामक कुरा गरेर सबैको आँखामा धुलो छर्ने काम गरेको बताएको छ । चीनले कडा शब्दमा स्वराजको बयानको खण्डन गरेको छ । डोकलाममा भइरहेको विवादलाई लिएर कि त वार्ता गर्नुपर्ने वा युद्ध गर्नुपर्ने अवस्था आएको सुरक्षा विदहरुले बताएका छन् । चिनीया क्षेत्रमा भारतले गरेको हस्तक्षेप नै यथार्थ भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कुनै पनि देश भारतीय उग्रताको पक्षमा नउभिने चीनको दाबी छ ।

ग्लोबल टाइम्सले लेखेको छ,‘चिनियाँ क्षेत्रबाट भारतीय सेना तुरुन्त फिर्ता हुनुपर्छ । यस विषयमा चीन कुनै पनि सम्झौता गर्न चाहदैन ।’

भारतलाई चेतावनी दिदै चीनले सैन्य कारबाहीका लागि पनि आफुहरु पछि नरहेको बताएको छ ।

आर्टिकलमा भनिएको छ,‘भारतको सैन्य शक्ति चीनको अगाडि धेरै कमजोर रहेको छ । यदी यी दुई देशबीच युद्ध भएमा भारतले पक्का युद्ध हार्नेछ ।’

‘भारतले डोकलाम क्षेत्रमा भएका सेनाहरु फिर्ता बोलाउनुमा नै सही निर्णय हुनेछ । लामो समयदेखि भारतले डोकलाम क्षेत्रमा गरेको गतिरोध अन्त्यका लागि चीनले जस्तो सुकै कदम चाल्न तयार छ । यदी भारतीय सेनाहरुले लगातार चिनीयाँ क्षेत्रमा घुसपैठ गरेमा, बेइजिङले गर्ने अन्तिम निर्णय युद्ध नै हो । समस्या समाधानका लागि सोझै दिल्लीसँग सेनाको आमनेसामने हुनेछ । यसमा गैर–कुटनीतिक हिसाबले समस्या समाधान गर्न पनि चीन तयार रहेको छ ।’

‘यदी भारत आफ्नो हर्कतदेखि पछि हट्दैन भने भविष्यमा आउने कुनै पनि चुनौतीको सामना गर्न तयारी अवस्थामा बसे हुन्छ ।’ आर्टिकलमा भनिएको छ ।

आर्टिकलमा थप भनिएको छ,‘पिपुल्स लिब्रेसन आर्मी चीन–भारत सीमाको सुरक्षाका लागि खटिरहेका छन् । पिएलएले लगातार हिमाली भागमा अप्रेशनहरु पनि गर्दै आइरहेको छ । यो देखाउनका लागि मात्रै पनि होइनन् ।’

सन् १९६२ मा भएको युद्ध पश्चात भारतले चीनसँगको सम्बन्धलाई गम्भिरताका साथ लिदै आइरहेको थियो । चीनलाई चिढाउन पनि भारतले विभिन्न पक्षसँग साँठगाठ गरेको थियो । पछिल्लो पटकको विवादले भने चरम रुप लिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई टक्कर दिन विपक्षी दलहरुसँग सहयोगको अपेक्षा गरेका थिए । तर, कांग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीले मोदीले पछिल्लो पटक उठाएका कदमहरुको चर्को विरोध गरेका छन् । घरभित्र नै सहयोग नपाएका भारतीय सरकारले चीनसँग कस्तो तवरले समस्या समाधानका लागि अगाडि बढ्छ सबैको चासोको विषय बनेको छ ।

उता डोकलाम विवादलाई लिएर अमेरिकाले आफ्नो प्रतिक्रिया दिएको छ । पेन्टागनले भनेको छ,‘भारत र चीनले सोझो रुपमा वार्ता गरेर तनाव कम गर्नुपर्छ । यसका लागि कसैले जबरजस्ती गर्न पनि हुँदैन ।’

यस अघि पनि अमेरिकाले यी दुई देशलाई वार्ता गर्न सुझाव दिएको थियो । एक अर्कालाई आरोप लगाउन बन्द गर्नुपर्ने र वार्ताका लागि तयार हुन् अमेरिकाले भनेको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ स्पोक्सपर्सन ग्यारी रासले भनेका छन्,‘हामी भारत र चीन दुवै सरकारलाई वार्ताका लागि अगाडि बढ्न उत्साहित बनाउनमा अग्रसर छौ । दुवै देशले तनाव कम गरेमा वार्ताको माहौल बन्ने थियो । हामी यस विषयमा अड्कलबाजी लगाउन चाहदैनौ ।’nepalipatra

http://ift.tt/eA8V8J



from SHYANE http://ift.tt/2eDWTPj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top