एजेन्सी–पछिल्लो ५ हप्तादेखि चीन–भारत सम्बन्धले विश्वलाई नै चिन्तित बनाएको छ । डोकलामलाई लिएर भएको विवादे युद्ध नै हुने संकेत देखाइरहेको छ । डोकलाममा भएको तनाब पछि चिनियाँ सेनाले भारतलाई कडा चेतावनी दिएका छन् ।
भारतसँग विवाद बढ्दै गएपछि चिनियाँ मिडियाले यसबारे आवाज उठाउँदै आइरहेको थियो । तर, अब भने चीनको रक्षामन्त्रालयका अधिकारीहरुले बयान दिन थालेका छन् । उनीहरुले खुलेआम भारतलाई चेतावनी समेत दिएका छन् ।
उनीहरुले चेतावनी दिदै भनेका छन्,‘भारत डोकलाम क्षेत्रबाट आफ्ना सेनाहरु फिर्ता लैजाउ, नत्र हाम्रा सेनाहरुरु अगाडि बढ्नेछ ।’
भारत पछि हटोस्ः चीन
चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु कियानले भारत–चीनबीच डोकलाममा चलिरहेको विवादलाई लिएर मिडियामा बयान दिएका छन् । आधिकारीक बयानमा भनेका छन्,‘भारत भ्रममा नरहोस् र आफ्ना सेना तुरुन्त फिर्ता लैजाओस् । यो समस्या समाधानका लागि चीनको यो पहिलो सर्त हो ।’
पहाड हल्लिन सक्छ तर चिनियाँ सेना हल्लिदैन
बू कियानले भनेका छन्,‘भारत कुनै पनि भ्रममा नरहोस् । बरु पहाड हल्लाउन सकिन्छ तर चिनियाँ सेनालाई हल्लाउन असम्भव रहेको छ । भारत आफ्ना सेना तुरुन्त फिर्ता लैजाउ । यदी यही अवस्था रहेमा आपतकालिन प्रतिक्रिया स्वरुप अधिक चिनियाँ सेना डोकलाममा उतार्न सकिनेछ ।’
वरिष्ठ कर्नेल बू ले भनेका छन्,‘हामी भारतसँग दृढतापुर्वक आग्रह गर्छौ । भारतीय सेना फिर्ता लैजानुहोस् । यो समस्या समाधानको आधार हो । यो भारतका जनताको हितमा रहेको छ । भारतले आफ्नो गल्ती स्वीकार गरेमा राम्रो हुनेछ । डोकलाम चीनको क्षेत्र हो । चीन आफ्नो क्षेत्रमा सडक निर्माण गर्ने जिम्मेवारी लिनलाई कसैले रोक्न सक्दैन । यो चीन संप्रभुताको कार्य हो ।’
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vBuMEC
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.