Photo of Milford Sound in New Zealand

काठमाडौं –अमेरिकाले भिषा दिन नपत्यका थुप्रै अभिनेता छन् चलचित्र क्षेत्रमा । ति मध्य एक युवा स्टार अभिनेता अनमोल केसी पनि हुन् । उनलाई अमेरिकाले गतबर्ष भिषाको लागि पत्याएको थिएन । जसको कारणले उनी आफ्नो चलचित्र ‘ड्रिम’ प्रदर्शनका लागि अमेरिका जान पाएका थिइनन् ।

सो समय उनले चलचित्र ‘कृ’को तयारीका लागि अमेरिका नगएको बताउँदै आएका थिए । अहिले भने उनलाई अमेरिकाले पत्याएको छ । अमेरिकामा आयोजना हुने ग्लोवल फिल्म फेष्टिवलका लागि जाने भनेपछि अमेरिकाले उनलाई पत्याएको हो । सो फेष्टिवलमा अनमोल अमेरिका जाने बुझिएको छ ।

हुन त केही भारतीय मिडियाले समेत अनमोललाई नेपालका सुपरस्टार भनेर समेत समाचार बनाएका छन् । यी समाचारले पनि उनको अमेरिका बाटोलाई केही सहज गरेको चर्चा चलचित्र क्षेत्रमा छ ।

बुझिए अनुसार यो फेष्टिवलका लागि अहिले धेरै कलाकार अमेरिका जाने कसरतमा छन् । अभिनय हाइट भएका र नभएका थुप्रै कलाकारको भिषाका लागि आयोजकले प्रयास गरिरहेको छ । कतिपय कलाकार कार्यक्रममा जान मोटो रकम तिर्न समेत अगाडि सरेका छन् । ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2usbf9k
via IFTTT

0 comments:

Post a Comment

add

 
Top