Photo of Milford Sound in New Zealand

हामी सबैलाई , आफनो फोन आफु भन्दा पनि प्यारो छ । तर १ मिनेटको लागी सोचेर हेर्नुस , तपाईको फोन पानीमा खस्यो वा पानीमा भिज्यो भने कस्तो हुन्छ ?

अब यो फोनलाई सही गर्न संभव छ, तर कहिले काहि तपाईहरुबाट यस्तो गल्ती हुन जान्छ जसले तपाईको फोन सधैका लागि खÞराब हन जान्छ र तपाईको प्यारो फोन मात्र एउटा डब्बा बन्न जान्छ ।
आज तपाई यो पोस्ट पढदै जानुहोस , र म तपाईलाई बताउने छु की कसरी तपाई आफनो फोनलाई ठीक गर्न सक्नु हुन्छ वा पानीमा खसे पनि भिजे पनि आफनो फोनलाई सुरक्षित गर्न सक्नु हुनेछ ।

तपाईको फोन पानीमा खस्यो वा भिज्यो भने नआतिनुहोस, र जति सक्दो फोनलाई पानीबाट निकाल्नु होस , किनकी फोन जति समय पानीमा रहन्छ त्यसलाई बचाउने संभावना त्यति नै कम हुन्छ ,

के नगर्ने
१ . फोनलाई चालू गर्ने कोशिश नगर्नुहोस , यदि यस्तो गर्नु भयो भने पÞmोनमा शोर्ट सर्किट हुन जान्छ र सधैका लागि तपाईको फोन बिग्रन जान्छ ।
२ . फोनलाई मुखको माध्यमले हावा दिई सफा गर्न नखोज्नुहोस किनकि यसो गर्नाले पानी उल्टै फोन भित्र जान्छ, बाहिर आउदैन ।
३ . फोनलाई घाममा नसुकाउनुहोस , ताप दिने काम पनि नगर्नुहोस यसो गर्नाले पानी बाफ बनेर पÞmोन भित्र रहिरहन्छ तर बाहिर निकल्न सक्दैन ।
यो पनि पढ्नुहोस् – स्मार्ट कन्डम बजारमा आउँदै, प्रयोगअघि चार्ज गर्नुपर्ने

के गर्ने ?
१ . जतिसक्दो फोनलाई बाहिर निकालेर एउटा कपडामा राख्नुहोस र फोनलाई खोल्नुहोस ।
२ . मतलब फोनको पछाडिको ढक्कन , बैटरी , सिम कार्ड , मेमोरी कार्ड सबै बाहिर निकाल्ने र सुख्खा कपडाले ध्यानपुर्वक सफा गर्नुहोस ।
३ . घरको भान्सा घरमा गई चामलको डिव्वालाई बाहिर निकाल्नुहोस । ( चामलले फोन भित्र रहेको चिस्यानलाई सोस्ने गर्छ । )
४ . फोनलाई चामलको डिव्वामा चामलको बिचमा भित्र राखेर ५ ,७ दिन वा १ हप्ताको लागि राख्नुहोस ।
५ . अब लगभग एक हप्ता पछि फोनलाई चामलबाट बाहिर निकाल्नुहोस र राम्ररी सफा गर्नुहोस । ( चार्जिंग वा हैडफोन लगाउने प्वालमा कुनै प्रकारको चामलको दाना वा फोहोर वस्तु भएमा त्यसलाई बाहिर निकाल्नुहोस )
६ . अब तपाई आफनो फोनलाई चालू गर्नुहोस , तपाई को फोन स्टार्ट हुन्छ ।
यो पनि पढ्नुहोस् – नचिनेका नम्बरबाट फाेन अाएर हैरान हुनुहुन्छ ? यसरी पत्ता लगाउन सकिन्छ

हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vwbK1o
via IFTTT

0 comments:

Post a Comment

add

 
Top