Photo of Milford Sound in New Zealand

९ साउन, सिन्धुपाल्चोक ।

अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।

गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

‘पहिरोको ढिस्को भोटेकोसीमा परिरहेको छ, यसले भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको छ’, सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी बिमल डाँगीले भने, ‘ लार्चाको पुल पूरा ध्वस्त भइसकेको छ, अझै वर्षा र पहिरो रोकिएको छैन ।’ आजको कान्तिपुरमा खबर छ ।

वर्षाका कारण दुगुनाको भीरबाट माटो खसिरहेको उनले बताए । जसका कारण कोदारी राजमार्गमा समेत क्षति पुगेको छ ।

कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेको बेला थप लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ । ‘नदी आसपासका सबै स्थानीयमा त्रास बढ्दै गएको छ ,’ उनले भने ।

भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।

लार्चाका स्थानीय पदम श्रेष्ठका अनुसार त्रासका कारण स्थानीय निदाउन सकेका छैनन् । पहिरोले पुल भासिएपछि स्थानीयमा डर बढेको उनले बताए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uOapq7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top