Photo of Milford Sound in New Zealand

२३ असार, काठमाडौं । कुनै पनि वस्तु पुरानो हुँदै जाँदा त्यसको मूल्य घट्दै जान्छ । तर, जब धेरै पुरानो हुन्छ, त्यसको मूल्य र महत्व ह्वात्तै बढ्छ ।

बबरमहलमा रहेको आर्ट काउन्सीलमा अहिले पुराना नोटहरुको प्रदर्शनी चलिरहेको छ । यहाँ ७२ वर्षअगाडि नेपालमा पहिलोपटक निष्काशित १०० रुपैयाँका नोटहरु ३५ देखि ६० हजारसम्ममा खरिदविक्री भइरहेका छन् ।

२००२ साल असोज १ गते उक्त १०० को नोट जारी भएको थियो । त्यतिबेला गभर्नरको ठाउँमा खजान्चीले नोटमा हस्ताक्षर गर्थे । पहिलो नोटमा खजान्ची जनक राजको हस्ताक्षर रहेको थियो र ४५ हजारप्रति ती नोट छापिएका थिए ।

त्यो समयको नेपाली एक सय रुपैयाँको नोट भारतको नासिकमा रहेको इण्डिया सेक्युरिटी प्रेसमा छापिएको थियो । सायद यही कारण हुनसक्छ नेपाल र भारतको त्यति खेरको १ सयको नोटमा प्रयोग भएका रंग र केही डिजाइन उस्तै–उस्तै देखिन्छ । प्रदर्शनीमा मुद्रा संकलनका सौखिनहरुले यो नोटलाई महंगो मूल्य हालेर किनिरहेका छन् ।

‘पुराना नोटको मूल्य लगानीकर्ताको इच्छा र बिक्रीकर्ताको चातुर्यमा भर पर्छ । त्यस्तै, नोट पुरै सफाचट छ वा छैन भन्ने मूल्य निर्धारणको अर्को मापदण्ड हो,’ प्रदर्शनीमा भेटिएका नेपाल फिलाटेलिक सोसाइटीका महासचिव शक्ति केशरी उपाध्यायले भने । प्रदर्शनीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन् ।

गैडा बिनाको सय र हात्ती बिनाको हजारको नोट

नेपालको पहिलो सय रुपैयाँको नोटको पछाडीपट्टि एकसिंगे गैडाको चित्र रहेको थियो । त्यसयता सय नोटको चिनारी भनेकै गैडा बन्यो । तर, एकपटक भने नेपालमा गैडा बिनाको सयको नोट पनि जारी भएको पाइन्छ ।

नेपालका आठौं गभर्नर यादव प्रसाद पन्तको हस्ताक्षर रहेको एक सयको नोटमा गैडा भेटिन्न । बि.सं २०२७ साल फागुन ५ गते यो नोट जारी भएको थियो । गैडाको सट्टा नोटमा भक्तपुरको ५५ झ्याले दरबारको चित्र राखिएको थियो । प्रदर्शनीमा ती नोट गुणस्तर हेरेर दुई हजारदेखि २५ सय रुपैयाँमा विक्रीमा राखिएका छन् ।

त्यसैगरी एक हजार रुपैयाँको नोटको मुख्य संकेतका रुपमा हात्तीलाई लिइन्छ । तर गभर्नर पन्तकै हस्ताक्षर रहेको एक हजारको नोटमा पनि पछाडि हात्ती भेटिदैन । २०२६ साल पुस १४ गते जारी भएको एक हजारको नोटको पछाडीपट्टि अन्नपूर्ण श्रृखला र वरीपरीको भौगोलिक अवस्थाको चित्र रहेको छ । प्रदर्शनीमा ती नोट गुणस्तर हेरेर चार हजारदेखि ४५ सय रुपैयाँमा विक्रीमा राखिएका छन् ।

पुराना नोटहरुमा देखिने समानता भनेको धेरैमा एउटै लाग्ने रंगको प्रयोग भएका छन् । नेपालमा हालसम्म १६० प्रकारका नोटहरु निष्कासन भएका छन् ।

पहिलो पटक भेटिएको जाली नोट

नेपालमा पहिलो पटक भेटिएको जाली नोट पनि प्रदर्शनीमा राखिएको छ । २०२५/२६ सालतिर ५ रुपैयाँको जाली नोट फेला परेको थियो ।
पुराना नोट खरिद गर्न चाहनेको लागि भनेर फिलाटेलिक सोसाइटीले प्रदर्शनी स्थलमा २ वटा स्टल समेत राखेको छ ।

‘पुराना नोटको मूल्य लगानीकर्ताको इच्छा र बिक्रीकर्ताको चातुर्यमा भर पर्छ । त्यस्तै, नोट पुरै सफाचट छ वा छैन भन्ने मूल्य निर्धारणको अर्को मापदण्ड हो,’ नोट प्रदर्शनीको क्रममा भेटिएका नेपाल फिलाटेलिक सोसाइटीका महासचिव शक्ति केशरी उपाध्यायले भने । प्रदर्शनी तीन दिनसम्म चल्नेछ । onlinekhabar

http://ift.tt/2tQXaUR

from SHYANE http://ift.tt/2sP3KeY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top