Photo of Milford Sound in New Zealand

चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा भारतले गोर्खा सैनिक खटाएको छ । केही सातादेखि चीनभारतबीच जारी विवादित सीमा क्षेत्र सिक्किमको डोकलाममा भारतले ६ हजार गोर्खा सैनिक खटाएको हो । सरकारले निर्णय गरेर नै ६ हजार गोरखा रेजिमेन्टका जवान डोकलाममा खटाईएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले ६ हजार गोरखा रेजिमेन्ट खटाएपछि जवानहरुले समेत चीनलाई डोकलाम क्षेत्रबाट हट्न भनेका छन् ।

एक महिनादेखि सिक्किम क्षेत्रको डोकलाममा जारी सैन्य गतिविधिमाथि चीनका पूर्व राजदूतले भारतसँग अब तीन वटा विकल्प मात्र रहेको बताएका थिए । उनले डोकलामबाट भारतीय सेना हट्नुपर्ने पहिलो विकल्प रहेको बताएका थिए । त्यस्तै आफ्नो सेना फिर्ता नगर्ने भए भूमि कब्जा गर्न वा चीनसँग लड्न तयार रहन अर्को विकल्प अघि सारेका थिए । डोकलम क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न चीनले समेत अत्याधुनिक हतियारसहितको चिनिया जनमुक्ति सेना तिब्बत तर्फ पठाईसकेको छ ।

चीनले उक्त भूमी आफ्नो रहेको बताउँदै त्यो क्षेत्रमा सडक विस्तार गर्दै आएको थियो । भुटानले भने उक्त क्षेत्र आफ्नो रहेको दाबी गर्दै सहयोग गरिदिन भारतसँग आग्रह गरेको थियो । भुटानको आग्रह बमोजिम भारतले चीनसँग वादविवाद गरिरहेको हो । source:shikharnews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uWYYfA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top