एजेन्सी । दक्षिणी ब्राजिलकी एक महिलालाई चिकित्सत्कले मृत घोषित गरेको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । सिल्भा पेडिल्हाको ब्रेन नै डेथ भइसकेका कारण ती महिलाको गर्भाशयमा रहेका भ्रूण बाँच्न सक्दैन भन्ने चिकित्सकको भनाईलाई गलत सावित गर्दै उनले जुम्ल्याहा बच्चालाई जन्म दिइन् ।
सन् २०१६ को अक्टोबरमा ब्रेन स्ट्रोक भएसँगै मस्तिष्कको मृत्यु भएको घोषणा डाक्टरहरुले गरिरहेका बेला उनको गर्भमा ९ हप्ताको भ्रुण रहेको थियो ।
सिल्भाका पतिले तुरुन्तै मृत घोषित आफ्नी पत्नीलाई सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गराएर १२३ दिनसम्म सिल्भा भेन्टिलेटरमै रहिन् । तर जब ९ महिना पूरा भएसँगै डाक्टरहरुले शल्यक्रिया गरी उनको पेटबाट एक छोरा र एक छोरी निकाले । जुन घटना विश्वमा विरलै मात्रै घट्ने गर्छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2sSWISs
via IFTTT
0 comments:
Post a Comment