Photo of Milford Sound in New Zealand

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै जग्गाको मूल्य तोकेको छ । जग्गाको मूल्य तोक्दै मेयर विद्यासुन्दर शाक्यले गरेको प्रस्ताब गरेको महानगरको आर्थिक ऐन-०७४ नगर सभाले पारित गरेको छ ।

साउन ३१ गते पारित भएको आर्थिक ऐनले महानगरभित्रका जग्गाहरुको वर्गिकरण गरि ती जग्गाको मूल्यसमेत तोकेको हो।

अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयनको निमित्त स्थानीय कर, शुल्क, दस्तुर र जरीवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलनको प्रशासनिक व्यवस्था गर्न बाञ्छनीय भएकोले नेपालको संविधानको धारा २३० बमोजिम आर्थिक ऐन जारी गरेके महानगरले जनाएको छ ।

महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले महानगरभित्रका १३ सय ९७ स्थानमा रोपनीका हिसाबले जग्गाको मूल्य तोकेको छ ।

महानगरपालिकाले काठमाडौंको मुटु मानिने दरबारमार्गमा रोपनीको २ करोड ५० लाख रुपैयाँ मूल्य तोकेको छ । जबकी दरबारमार्गमा आनाकै १ करोड रुपैयाँमा पनि जग्गा किन्न पाइँदैन ।

त्यसैगरी, न्यूरोड, असन इन्द्रचोक, त्रिपुरेश्वरलगायतका ठाउँहरुमा पनि महानगरले बजारमूल्य भन्दा अत्यन्तै सस्तो मूल्यमा जग्गाको मूल्य तोकेको छ । source: nepalkhabar

हेर्नुहोस जग्गा र घरको मूल्य सूची:

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vqLntB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top