Photo of Milford Sound in New Zealand

लिबाङ (रोल्पा) : रोल्पा थबाङ गाउँपालिका ३ झकेबाङकी प्रसुति व्यथाले थलिएकी बरमाया बिकलाई सेनाको हेलिकप्टरबाट आपत्कालीन उद्दार गरिएको छ।

साउन २ गते प्रसव व्यथा सुरु भएपछि थबाङ स्थित सामुदायिक स्वास्थ्य संस्थामा भर्ना गरिएकी बिकको स्वास्थ्य जटिल बन्दै गएपछि हेलिकोप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो। मंगलबार दिउँसो थबाङमा हेलिकोप्टर पुगेर सुरक्षित उपचारका लागि काठमाडौं लगिएको थबाङका युवा अमित घर्तिले जानकारी दिनुभयो।

आर्थिक अवस्था कमजोर बिकलाई नेपाल सरकारका गृहमन्त्री जनार्दन शर्माको समन्वयमा नेपाली सेनाको हेलिबाट उद्दार गरिएको हो। नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिङ बिकले पीडित महिलाको उद्दारमा पहल गरेको जानकारी दिनुभयो। थबाङ पुग्ने सहिद मार्ग बर्षाले अवरुद्ध भएपछी थबाङ यातायातका साधन पुग्न सक्दैनन्। गर्भवती बिकलाई बोकेर उपचार गर्न अस्पताल लग्न सकिने बिकल्प नभेपछि हेलिकोप्टरको विकल्प खोजिएको हो।

जिल्ला अस्पताल रेउघामा पनि प्रसुति सेवा अबरुद्ध छ। तालिम प्राप्त चिकित्सक सरुवा भएपछि जटिल अवस्थाका गर्भवती महिला जोखिममा पर्दै आएको र हजारौं खर्च गर्दै जिल्ला बाहिर जान बाध्य भइरहेको सिनियर अहेव कुलबहादुर डाँगी बताउनुहुन्छ। annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uw30eW
via IFTTT
18 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top