Photo of Milford Sound in New Zealand

कतारमा कडा नाकाबन्दी लगाएका दुइ ठुला छिमेकी साउदी अरब र युनाइेडट अरब इमिरट्स(युएई)ले चाहे जसरी परिस्थिति अघि नबढेको स्पष्टरुपमा देखीन थालेका छन्।

साउदी अरब, युएई, बहराइन र इजिप्टले दुर्भाग्यपुर्ण तर आवश्यक कदम भन्दै कतारमा नाकाबन्दी लगाएका थिए।

जुन महिनामामा नाकाबन्दी लगाउँदा ती देशहरुले कतारले अतिवादलाई प्रश्रय दिएको भन्दै घुँडमा टेकाउन उदघोष गरे।Qatar-downtown

खासगरि मुश्लिम अतिवादीलाई सहयोग गरेको , इरानसंगको मित्रता बढाएको, अलजजिरा टेलिभिजनका समाचार आफू विरुद्ध भएको भन्दै ती देशहरुको कतारसंग चिढिएका थिए।

विश्व भुराजनीतिको पेचिलो माहोलमा साउदी र युएईको कतारलाई एक्लाउने मनसुवाले काम गर्ला जस्तो छैन्। बरु कतार नाकाबन्दीपछि क्षेत्रिय शक्तिहरु टर्की र इरानसंग तीब्र गतिमा नजिकिन थालेको छ ।

कतारमा अहिले खाद्यान्न र अन्य वस्तहरुको सप्लाई जारी नै छ। कतारका विषयमा अमेरिकाले द्धैध नीति जारी राखेको छ।

अमेरिका कतारलाई साउदी र युएईसंग घुँडा टेकाउन भन्दा समझदारी र लेनदेन गरेर विषयवस्तुलाई हाल गर्न तर्फ कतारलाई उत्साहित गर्न थालेको देखिएको छ।

मध्यपुर्वमा अमेरिकाको सबै भन्दा ठुलो सैन्य आधारमा कतारमै रहेको कुरालाई पनि नबिर्सने हो भने कतारबाट पुर्णरुपमा मोहभंग हुन अमेरिकालाई कति गाह्रो छ बुझ्न गाह्रो पर्दैन् ।

यसैबीचमा वाशिंगटन पोष्टले सार्वजनिक गरेको एक समचारले साउदी-युएई गठबन्धनलाई नैतिक रुपमा धक्का दिएको छ ।

अमेरिकी गुप्तचर अधिकारीलाई हवाला दिँदै वाशिंटन पोस्टले गत मे महिनामा भएको कतार सरकारको समाचार र सोशल साइट ह्याकमा युएईको हात रहेको जनाएको छ।

ह्याकपछी नै कतारका अमिरले इरानमा इस्लामिक सुपर पावर भन्दै खुसि मनाएको र प्यालेस्टाइन इस्लामिक समुह हमासको प्रशंसा गरेको समाचार राखिएको पोस्टले जनाएको छ।

जे कारणले साउदी र युएईलाई कतार विरुद्ध जाईलाग्न प्रेरित गरेको थियो त्यही विषयमा प्रश्न चिन्ह खडा भएको छ।

युएईका अमेरिका स्थित राजदुतले भने कतारीको सरकारी सरकारको समाचार तथा सोसियल साइट ह्याक गरेको आरोपको खण्डन गरेका छन्।

तर कतारले नाकाबन्दीलाई चिरेर अघि बढ्ने संभावना पर्याप्त छन्। मुश्लिम अतिवादीलाई मलजल गरेको जुन आरोप कतारलाई लागेको छ त्यही आरोप साउदी अरबलाई पनि लाग्न सक्ने तर्फ अमेरिका समेत जानकार रहेको विज्ञहरुको बताउँछन्। nepaliheadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vApKqS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top