काठमाडौं, २९ असार । आफ्नै श्रीमतीलाई दाउमा राखेर जुवा खेल्ने श्रीमानका बारेमा तपाईले सुन्नुभएको छ । पक्कै छैन होला । त्यसमाथि पनि आफ्नी श्रीमतीलाई बलात्कार गर्ने सर्तमा सायद कसैले जुवा पनि खेल्दैन होला ।
तर, भारतमा एक यस्ता निर्दयी पुरुषले आफ्नै श्रीमतीलाई दाउमा राखेर जुवा खेले । जुवा हारेपछि उनी श्रीमतीलाई २ जनाले घरमै बलात्कार गरे ।
ती पुरुषले जुवामा नगद गुमाएपछि पत्नीलाई नै दाउमा राखेर जुवा खेलेको र जित्ने कथित दुई जनाले घर मै गएर महिलालाई सामूहिक बलात्कार गरेको घटना भर्खरै बाहिर आएको हो ।
भारतको इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् ।
१४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जुवामा आफूलाई हारेपछि दुई जनाले सामूहिक बलात्कार गरेको जनाइन् ।
ती महिलाका अनुसार दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा थिएनन्। छोराछोरी भएकै समयमा घरमा आएर उनीहरुले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन, तिमी अब हाम्री भयौ’ भन्दै छोराछोरीलाई बाहिर निकालेर बलात्कार गरेको उनले बताइन् ।
सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको भए पनि पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको गुनासो उनले प्रहरीसमक्ष दिएकी छन् । उनले छोरीलाई समेत जुवामा दाउ राख्ने धम्की पतिले दिदैं आएको बताएकी छन् ।
इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ । एजेन्सी
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2tgVnnI
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.