Photo of Milford Sound in New Zealand

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्र बन्ने सडकमा १.५ इन्चको पीच अनिवार्य हुनुपर्ने प्रावधान राखेको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार आयोजना गरिएको पहिलो नगरसभालाई सम्बोधन गर्दै ठेकेदारसँग सम्झौता गर्दा नै यस्तो सम्झौता गर्ने नीति महानगरपालिकाले अवलम्बन गर्ने बताएका हुन् ।

कमसल खालको पीच गर्दा एक महिनाभित्र नै भत्किने र खाल्डाखुल्डी हुने समस्या आएपछि महानगरपालिकाले यस्तो नीति अवलम्बन गरेको हो । अब ठेकेदारले एक वर्षसम्म पूरा भुक्तानी पनि नपाउने भएका छन् । सडक निर्माण गरेको एक वर्ष भित्र नै खाल्डा खुल्डी हुने र पीच उप्किन थाल्यो भने ठेकेदारले पाउने पैसाबाट नै सडकको ममर्तत गरिने उनले बताए ।

यसैबीच नगरको घनावस्ती तथा ऐतिहासिक पर्यटकीय स्थलहरुमा पीच गर्न र ढलान विच्छ्याउन प्रतिबन्ध लगाईएको छ । त्यस्ता बस्तीहरुमा आवश्यकता अनुसार जतिसक्यो छिटो ईट्टा, ढुंगा र ब्लकहरु छाप्ने कार्यलाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए ।

त्यस्तै, सडक विस्तार गर्ने सम्बन्धमा खानेपानी ढल तथा विद्युतको पोल स्थापित भईसकेको सडकलाई स्तरोन्नती एवं निर्माणमा प्राथमिकता दिईने र गुणस्तर नियन्त्रण गर्न कालोपत्रे गर्ने कार्यको ल्याव टेस्ट प्रतिवेदन अनिवार्य रुपमा पेश गर्ने व्यवस्थालाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए । टिभी अन्नपूर्ण

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uyFDSt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top