Photo of Milford Sound in New Zealand

काठमाडौं, असार २६ – स्थानीय चुनावका बेला साहसिक काम गर्ने तीनजना प्रहरी सम्मानित भएका छन् । स्थानीय चुनाव शान्तिपूर्ण बनाउन साहसिक काम गरेका नेपाल प्रहरीका हबल्दार दुर्गाबहादुर राना, हबल्दार धनप्रसाद कुमाल र जवान दलबहादुर आले सम्मानित भएका हुन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीले सोमबार एक कार्यक्रम गर्दै उनीहरुलाई सम्मान गरेको हो । निमित्त प्रहरी आयुक्त बमबहादुर भण्डारीले उनीहरु नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ ।

दोस्रो चरणको चुनावमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्री आधारभूत विद्यालय, प्रतापकोट मतदान केन्द्रमा पहिचान नभएको एक समूहले फालेको बम प्रहरी हबल्दार दुर्गाबहादुर रानाले समातेर फाल्नुभएको थियो । त्यस्तै सम्मानित भएका जवान आले र अर्का हबल्दार कुमालले पहिलो चरणको चुनावमा मतपेटिकाको सुरक्षा गरेको भन्दै सम्मान गरिएको हो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sWyMS7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top