Photo of Milford Sound in New Zealand

चितवन,असार ३० – छब्बीसजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले दुई अर्ब ५० करोडको पूँजी भएको छ । विसं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकममात्रै रु २२ करोड भएको छ भने निक्षेप रु दुई अर्ब र लगानी पनि दुई अर्ब पुगेको छ ।

संस्थाको पूँजीमात्रै बढेको होइन, यसका सदस्यले पनि करोडौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यस्ता प्रशस्त उदाहरण भेटिन्छन् जसमध्ये एउटा पात्र हुन् गैँडाकोट नगरपालिका वडा नं १४, अमरापुरीका धनपति शर्मा ज्ञवाली । दायाँ हात गुमाएका ज्ञवालीले कतैबाट पनि ऋण नपाएपछि बिकु सहकारीमा पुगे। उनको आफ्नै कथा छ हात नभएकालाई कसले ऋण दिन्छ भन्ने ठूला बैंकको जवाफपछि गैँडाकोटकै बिकुमा उनीपुगेका थिए।

विसं २०६३ मा उनको एउटा घडेरी थियो । त्यसको पनि ऋण तिर्न बाँकी नै थियो । अपांग भए पनि साहस लिएर बिकु पुग्नुभएका उनले कुखुरापालनका लागि सहजै रु दुई लाख ऋण पाए। आज उनीसँग करोडौँ रुपैयाँको सम्पत्ति छ । यसको श्रेय बिकु सहकारीलाई जान्छ ।

“मैले लाखौँ रुपैयाँ बिकुसँग ऋण लिएँ, कुखुरापालन गरेँ र आम्दानीबाट जग्गा पनि किनेँ,” उनले भने– “अहिले मेरो ऋण छैन, कुखुरा पालेको ठाउँमा पाँच कट्ठा १० धुर जग्गा छ, बिक्री ग¥यो भने रु दुई करोड आउँछ, अरु ठाउँमा पनि केही घडेरी छ, बिक्री गर्दा रु ५० लाख आउला ।” यो सबै सम्पत्ति आर्जन गर्न उहाँलाई बिकु सहकारीले नै साथ दिएको हो ।

धेरै युवालाई करोडपति बनाएको बिकु सहकारीको शुरुवात विजय युवा क्लब क्रेडिट युनियनबाट भएको हो । पछि सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ अन्तर्गत २०५० सालमा जिल्ला सहकारी कार्यालय, नवलपरासीमा दर्ता भएको थियो ।

यस अभियानमा जुट्ने युवा २०३६ सालबाटै संगठित भएर समाजसेवामा जुटिरहेका थिए । उनीहरुलाई विजय युवा क्लबले संस्थागत वनाएको हो । शुरुमा विजय युवा क्लब पुस्तकालयका रुपमा स्थापना गरिएको थियो । यसको उद्देश्य चेतना फैलाउने र समाजको रुपान्तरणका लागि युवा परिचालन गर्नु रहेको संस्थाका उत्प्रेरक तथा समाजसेवी तिलकप्रसाद सापकोटाले बताए। उक्त क्लब विजय विकास स्रोत केन्द्रका नामले देश र विदेशमा परिचित छ । यसले बिकुजस्तै छवटा संस्था जन्माएको छ ।

बिकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलका अनुसार अहिले यस संस्थाले १० वटा सेवा केन्द्रमार्फत जिल्लाका विभिन्न ठाउँमा सेवा दिँदै आएको छ । संस्थाले एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा सञ्चालित एक्सेस कार्यक्रमको दोस्रो ब्याचमा सहभागी भई एशियास्तरको ब्राण्ड प्राप्त गरिसकेको पौडेलले बताए।

संस्थाले एसएमएस बैंकिङमात्रै होइन, एटिएम कार्डबाट स्वाइप गरी रकम निकाल्न सकिने सेवा पनि सञ्चालन गरेको छ । संस्थाले ३६५ दिन नै बंैकिङ सेवा, सन्ध्याकालीन काउन्टर सेवा, विद्युत्को बिल भुक्तानी सेवा, मोबाइल काउन्टर सेवा, ट्याबलेट बैंकिङ सेवा र वित्तीय परामर्श सेवा पनि दिँदै आएको छ ।

विजय विकासका अध्यक्ष एवं बिकुका संस्थापक अध्यक्ष खेमराज सापकोटा विगतको स्मरण गर्दै भन्छन्, “शुरु शुरुमा ५० पैसाले विकास गर्छौं भन्ने एक मोहोरे विकास भनेर हाम्रो खिल्ली उडाउने गर्थे । तर हामी निराश भएनौँ, अभियान जारी राख्यौँ ।” –“हामीले भन्दै गयौँ – एक कप चिया घटाउनुहोस् हामीलाई ५० पैसा दिनुहोस्, हामी सभ्य समाज निर्माणमा सहयोग पु¥याउँछौँ ।”

विजय विकास स्रोत केन्द्रका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालका अनुसार केन्द्रले बिकुसँगै विजय सामुदायिक शिक्षा सदनमार्फत नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ गरिरहेको छ । विजय सूचना तथा सञ्चार सहकारीमार्फत विजय एफएम सञ्चालन गरिरहेको छ । विजय लघुवित्त वित्तीय संस्थामार्फत देशका विभिन्न ठाउँमा वित्तीय सेवा दिइरहेको छ । पछिल्लो समय विजय कन्सल्टिङ कम्पनी प्रालि र विजय फाउण्डेशन नेपालमार्फत सामाजिक सेवा गर्दै आएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका लम्सालका अनुसार केन्द्रले अहिले पनि ४४ जिल्लामा कृषिसँगै अन्य कार्यक्रम लिएर समाज रुपान्तरणको काम गर्दै आएको छ ।

विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरका अनुसार केन्द्रले प्रवद्र्धन गरेका संस्था स्वायत्तरुपमा सञ्चालनमा छन् । यी संस्थामार्फत एक लाखभन्दा बढी प्रत्यक्षरुपमा लाभान्वित भएको मानन्धर बताउँछन्। नयाँ नयाँ संस्था गठन गरी समाजको आवश्यकता पूर्ति गर्न केन्द्र लागिपरेको उनको भनाइ छ । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vkoPuL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top